एभरेष्ट बैंकले दोस्रो त्रैमासमा कति कमायो नाफा ?
एभरेष्ट बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब १४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । खुद नाफा गत आवको तुलनामा १७.३४ प्रतिशतले बढी हो । गतवर्षको यही अवधिमा बैंकले ९७ करोड १५ लाख रुपैयाँ खुद नाफा गरेकोे थियो ।
बैंकले १ खर्ब ३ अर्ब २९ करोड निक्षेप संकलन गरी ८४ अर्ब ७३ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप १२ प्रतिशत अर्थात कर्जा १६ प्रतिशतले बढेको छ ।
बैंकको कोषको लागत ५.०१ प्रतिशत र आधार दर ७.८४ प्रतिशत छ । सिडि रेसयो ७५.८४ प्रतिशत छ । प्रायजसो बैंकको सिडि रेशियो ७९ प्रतिशत नाघेको अवस्थामा यो बैंक अझै कर्जा प्रवाह विस्तार गर्ने रकम देखिन्छ ।
बैंकको कोषको लागत र आधार ब्याजदर कम भएकाले अन्य बैंकको तुलनामा कम ब्याजदरमा कर्जा परिचालन गर्न सक्ने अवस्था छ ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ४२ रुपैयाँ बाट २८ रुपैयाँमा झरेको छ ।
४ अर्ब ६० करोडबाट चुक्तापूँजी बढाएर ८ अर्ब १० करोड पुर्याएको बैंकको पूँजी बढेको अनुपातमा कमाई नबढेपछि प्रतिसेयर आम्दानी खस्केको हो ।
बैंकको जगेडाकोषको आकार भने ४ अर्ब ८९ करोड रुपैयाँबाट बढेर ५ अर्ब १९ करोड पुगेको छ
बैंकको खराब कर्जा ०.७० प्रतिशतबाट ०.२५ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १६४.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३१.९३ गुणा कायम भएको छ ।
प्रतिक्रिया