ग्लोबल आइएमई बैंकको नाफा ५ प्रतिशतले बढ्यो
ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड २९ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ९० करोड ६२ लाख थियो । बैंकको नाफा ५ प्रतिशत बढी हो ।
बैंकले १ खर्ब २१ करोड बराबर निक्षेप संकलन गरी ८८ अर्ब ४ करोड कर्जा प्रवाह गरेको छ । बैंकको निक्षेप २८ प्रतिशत तथा कर्जा प्रवाह २३ प्रतिशतले बढेको हो ।
बैंकको सिसिडि रेशियो ७७.७० प्रतिशत छ । अझैपनि बैंकसँग थप कर्जा विस्तार गर्ने अवस्था छ । बैंकको कोषको लागत ६.९८ प्रतिशत छ भने आधारदर १०.३१ प्रतिशत छ ।
अघिल्लो वर्ष १ अर्ब १७ करोड ६७ लाख संचालन नाफा गरेको बैंकले यसअवधिमा १ अर्ब १७ करोड १५ लाख संचालन मुनाफा गरेको छ ।
बैंकको खराब कर्जा १.६१ प्रतिशत छ । बैंकले यो अवधिमा २३ करोड ३० लाख रुपैयाँ खराब कर्जा असुल गरेको छ । २० करोड जोखिम व्यवस्थापनमा राखेको छ ।
बैंकको चुक्ता पुँजी बढेर ८ अर्ब ८८ करोड पुगेको छ । त्यस्तै जगेडाकोषको आकार भने ३७ प्रतिशतले बढेर २ अर्ब ४६ करोड बाट ३ अर्ब ३६ करोड पुगेको छ । बढेको पूँजीको अनुपातमा नाफामा प्रगति गर्न नसक्दा यो बैंकले समेत प्रतिसेयर आम्दानी केही खस्केको छ ।
अघिल्लो वर्ष यही अवधिमा प्रतिसेयर आम्दानी २५.३२ रुपैयाँ रहेकोमा अहिले घटेर २१.४४ रुपैयाँ कायम भएको छ । अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३७.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १४.६९ गुणा कायम भएको छ ।
प्रतिक्रिया