सेञ्चुरी र जनता बैंकको दोस्रो त्रैमासको वित्तिय विवरण यस्तो आयो
समयपोष्ट
२०७४ माघ १४ गते ६:०४
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सेञ्चुरी बैंकले ४५ प्रतिशतले नाफा बढाएको छ भने जनता बैंकले ३१ प्रतिशतले नाफा बढाएको छ । गत बर्षको यसै अवधिमा २२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको सेञ्चुरीले चालु आर्थिक बर्षमा ३२ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ ।
सेञ्चुरीको खुद ब्याज आम्दानी ७६ करोड १ लाख रुपैयाँ छ । गत वर्ष ५१ करोड ६० लाख रुपैयाँ थियो। बैंकले ५२ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन गरी ४७ अर्ब २ करोड रुपैयाँ ऋण लगानी गरेको छ ।
गत वर्ष पुसमा ३२ अर्ब ६७ करोड रुपैयाँ निक्षेप संकलन गरी २९ अर्ब १ करोड रुपैयाँ ऋण लगानी गरेको थियो। बैंकको चुक्त पूँजी ७ अर्ब ६७ करोड रुपैयाँ छ। जगेडा कोषमा एक अर्ब ७६ करोड रुपैयाँ जम्मा भएको छ।
बैंकको पूँजी कोष अनुपात १८.५४ प्रतिशत छ भने खराब कर्जा ०.९९ प्रतिशत छ। बैंकको आधार व्याज दर ८.२४ प्रतिशतबाट बढेर ११.४३ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी ८ रुपैयाँ छ।
यसैगरी जनता बैंकले ६ महिनामा २७ करोड १७ लाख रुपैयाँ नाफा गरेको छ । गत बर्ष पुसको नाफा १६ करोड १३ लाख रुपैयाँ थियो।
बैंकले ९७ करोड २८ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत बर्ष आम्दानी ४० करोड ७७ लाख रुपैयाँ थियो।
बैंकले ५२ अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी ४८ अर्ब ६९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको आधार व्याज दर ८.१२ प्रतिशतबाट ११.३५ प्रतिशत पुगेको छ। प्रति शेयर आम्दानी ६ रुपैयाँ छ।
प्रतिक्रिया