बिहीबार, ८ साउन २०८२

नेपाल इन्भेष्टमेण्ट बैंकको खुद नाफा १ अर्ब ८३ करोड रुपैयाँ

समयपोष्ट २०७४ माघ १४ गते ५:४५
चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा नेपाल इन्भेष्टमेण्ट बैंकले १ अर्ब ८३ करोड रुपैयाँ नाफा गरेको छ  ।  बैंकले गत वर्षको यहि अवधिमा एक अर्ब ५८ करोड रुपैयाँ गरेको थियो ।
बैंकको खुद ब्याज आम्दानी २ अर्ब ६८ करोड रुपैयाँ छ । गत बर्ष  बैंकले  २ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको थियो । बैंकले एक खर्ब २९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब १३ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ। गत वर्षको यहि अवधिमा एक खर्ब १६ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९६ अर्ब ७० करोड रुपैयाँ निक्षेप संकलन गरेको थियो।
बैंकको जगेडा कोषमा ९ अर्ब ९१ करोड रुपैयाँ रहेको बैंकको पूँजी कोष अनुपात १३.०७ प्रतिशत छ । बैंकको खराब कर्जा १.१२ प्रतिशत छ । बैंकको आधार व्याज दर ५.६९ प्रतिशतबाट ९ प्रतिशत पुगेको छ । बैंकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री