सोमबार, २३ असार २०८२

नेक्सन गाडीको बजार प्रवर्द्धन गर्न टाटाको विशेष योजना, फेसबुकमा यसरी राख्नुहोस् फोटो र पाउँनुहोस् सुन र मोबाईल फोन

समयपोष्ट २०७४ माघ ५ गते ६:२४

नेक्सन गाडीको बजार प्रवर्द्धनका लागि टाटा मोटर्सले  विशेष योजना सार्वजनिक गरेको छ ।

Advertisement

नेपालको लागि टाटा गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले ट्रेडिङले फेसबुकमार्फत पाँच जना भाग्यशालीलार्इ १/१ तोला सुन दिने योजना ल्याएको जानकारी दिएको छ ।

कम्पनीका अनुसार यस योजनामा सहभागी हुन फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्सको  फेसबुक पेज लाईक गर्नुपर्नेछ ।

कम्पनीले यो वाहेक फेसबुक प्रयोगकर्ताहरुले मोबाइल फोन जित्नसक्ने जनाएको छ।

फेसबुक प्रयोगकर्ताहरुले आफ्नो प्रोफाइल पिक्चरमा टाटा नेक्सन फ्रेम राखेर अफडेट गर्नुपर्नेछ र सो अफडेट गरिएको प्रोफाइल पिक्चरमा वा अफडेट गरिएको प्रोफाइल पिक्चरको स्क्रिनसटमा #TATANexon  गरेर कमेन्ट गर्नुपर्ने कम्पनीले जनाएको छ ।

Advertisement

यो अभियानमा सहभागी भएका तीन जनाले मोबाइल पाउनेछन् । योजना फेब्रुअरी महिनाभरी लागु हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री