स्ट्याण्डर्ड चार्टर्डको शतप्रतिशत बोनस सेयर पारित
समयपोष्ट
२०७४ पुष २७ गते ७:३०
स्ट्याण्डर्ड चार्टर्ड बैंकको शतप्रतिशत बोनस सेयर प्रस्ताव पारित भएको छ । बैंकको बुधबार सम्पन्न ३१ औँ बार्षिक साधारणसभाले सेयरधनीलाई शतप्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
बैंकले एफपीओबाट संकलित प्रिमियम र गत आवको नाफाबाट सेयरधनीलाई एक बराबरक एक कित्ता बोनस सेयर वितरण गरेकाे हो ।
सभाले बोनसमा लाग्ने कर प्रयोजनको लागि ५.२६ प्रतिशत नगद लाभांश समेत अनुमोदन गरेको छ । साथै अधिकृत पुँजी ९ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेकाे छ ।
४ अर्ब ५७ लाख १५ हजार रुपैयाँ रहेको चाटर्डको शतप्रतिशत बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब एक करोड १४ लाख रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया