बुधबार, ५ कार्तिक २०८२

प्रिमियर इन्स्योरेन्सले घोषणा गर्यो बोनस सेयर, एफपीओले समेत पाउने

समयपोष्ट २०७४ पुष २५ गते ८:२१

प्रिमियर इन्स्योरेन्सले लाभांस वितरण गर्ने भएको छ । कम्पनीले १३.५२ प्रतिशत बोनस सेयर वितरण  गर्ने भएको हो । कम्पनीले उक्त बोनसमा कर बापत लाग्ने ३६ लाख ५९ हजार ७४९ रुपैयाँ नगद लाभांस समेत वितरण गर्ने भएको छ ।

Advertisement

कम्पनीले घोषणा गरेको उक्त लाभांस केही दिन अघि बिक्री गरेको साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) ले समेत पाउने कम्पनीले जनाएको छ ।

कम्पनीले प्रस्ताव गरेको लाभांस बीमा समितिको स्वीकृति पश्चात आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीलाई वितरण गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री