आइतबार, २९ असार २०८२

बिद्यालयलार्इ बिदा चार दिन थप

समयपोष्ट २०७४ पुष २२ गते १५:३३

अत्यधिक चिसोका कारण बाराका सामुदायिक तथा निजी विद्यालयहरु थप चार दिन बिदा दिने जिल्ला शिक्षा कार्यालय बाराले निर्णय गरेको छ ।

Advertisement

यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस १६ देखि २१ गतेसम्म विद्यालय बन्द गरी आइतबारबाट सञ्चालन गर्ने निर्णय गरेको थियो । केही दिनयता चिसो र शीतलहर बढेपछि यही पुस २६ गतेसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

मौसम प्रतिकूल भई शिक्षण सिकाई कार्य प्रभावित भएकाले वर्षे बिदाबाट कट्टा हुने गरी थप चार दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको जिल्ला शिक्षा अधिकारी लालबाबु प्रसाद साहले बताउनुभयो ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री