सोमबार, २४ वैशाख २०८१

दोस्रो त्रैमाससम्ममा नबिल बैंकको खुद नाफा २ अर्ब १ करोड

समयपोष्ट २०७७ माघ १५ गते १०:३८

Advertisement

नबिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।

जुन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १.२६ प्रतिशतले कम हो। गत आर्थिक वर्षको पुस मशान्तसम्ममा बैंकले २ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

दोस्रो त्रैमासम्ममा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८४ करोड रुपैयाँ रहेको छ।

बैंकको खुद ब्याज आम्दानी तथा अन्य सञ्चालन आम्दानीमा कमि आउदा उसको नाफामा दबाब परेको हो। बैंकको खुद ब्याज आम्दानी ३ अर्ब ५५ करोड रुपैयाँबाट घटेर ३ अर्ब १२ करोड रुपैयाँमा झरेको छ।

Advertisement

त्यसैगरी अन्य सञ्चालन आम्दानी २२ करोड ७७ लाख रुपैयाँबाट घटेर १६ करोड ३३ लाख रुपैयाँमा झरेको छ। जसले गर्दा बैंकको सञ्चालन नाफा पनि घटेर २ अर्ब ८६ करोडमा झरेको छ। गत वर्ष यस्तो नाफा २ अर्ब ९० करोड थियो। बैंकले खर्च भने खासै धेरै बढ्न दिएको छैन।

बैंकको निक्षेप संकलन १ खर्ब ९० अर्ब रुपैयाँबाट बढेर २ खर्ब रुपैयाँमा पुगेको छ भने कर्जा लगानी १ खर्ब ४८ अर्ब रुपैयाँबाट १ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ।

कोरोना महामारीको विचमा पनि बैंकले खराब कर्जालाइ भने बढ्न दिएको छैन्। गत आर्थिक वर्षको दोस्रो त्रौसको तुलनामा बैंकले चालु आर्थिक वर्षको सोहि अवधिमा खरब कर्जा झनै घटाएको छ। वित्तीय विवरण अनुसार बैंकको खराब कर्जा ०.७५ प्रतिशतबाट घटेर ०.६० प्रतिशतमा झरेको हो।

चुक्ता पूँजी १३ अर्ब ४८ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ५२ करोड रुपैयाँ रहेको छ।

बैंकको सिसिडि रेशियो ७७ प्रतिशतबाट ७२ प्रतिशतमा झरेको छ केन्द्रिय बैंकले सिसिडि रेशियोमा लचकता अपनाउदै ८५ प्रतिशतसम्म जान पाउने व्यवस्था गरेपनि बैंकले कर्जा लगानी गर्न नसक्दा सिसिडि झनै खुम्चिएको छ। यसै कारण बैंकको ब्याज खर्च बढ्दा सोचेजति आम्दानी गर्न सकेको छैन।

बैंकको आधार दर ८.१० प्रतिशतबाट घटेर ५.७६ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ४.९९ प्रतिशतबाट ४.७ प्रतिशतमा झरेको छ। पूँजीकोष अनुपात १३.३८ प्रतिशत रहेको बैंकको कोषको लागत ४.२९ प्रतिशत छ।

नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि ४५ रुपैयाँ १६ पैसाबाट घटेर ४० रुपैयाँ ७१ पैसामा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री