आइतबार, २३ वैशाख २०८१

यस्तो आयो एनआईसी एशिया बैंकको दोस्रो त्रैमासको वित्तीय विवरण

समयपोष्ट २०७७ माघ १५ गते १०:२३

Advertisement

एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २ अर्ब ६ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ करोड ४३ लाख रुपैयाँ अर्थात २.१९ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्य बढेसँगै खुद नाफा बढ्न पुगेको हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ रहेको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड ९३ लाख रुपैयाँ बढेर ३ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ बढेर ३ अर्ब ३ करोड ८१ लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकको फि तथा कमिशन आम्दानीमा उल्लेख्य गिरावट आएपछि खुद ब्याज आम्दानीको तुलनामा सञ्चालन मुनाफा बढ्न नसकेको देखिन्छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १ अर्ब ४० करोड रुपैयाँ फि तथा कमिशन आम्दानी गरेको यस बैंकले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ९३ करोड ५६ लाख रुपैयाँमात्र यस्तो आम्दानी गरेको छ।

Advertisement

पुस मसान्तसम्ममा ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ६ अर्ब ८९ करोड २८ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा ७७ करोड ६६ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको चुक्ता पूँजी ९ अर्ब ७१ करोड रुपैयाँ हुँदा जगेडा कोषमा ५ अर्ब ५४ करोड रुपैयाँ र रिटेन्ड अर्निङ्गमा १ अर्ब ९७ करोड ५८ लाख रुपैयाँ थियो।

खुद नाफा सामान्य बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ४१ रुपैयाँ ६१ पैसा रहेको बैंकको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा घटेर ३५ रुपैयाँ ७३ पैसा कायम भएको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २५.५२ गुणा रहेको छ।

पछिल्लो ६ महिनामा बैंकको निक्षेप २ खर्ब १ अर्ब ६३ करोड रुपैयाँबाट बढेर २ खर्ब ६८ अर्ब १० करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब ६० अर्ब १८ करोड रुपैयाँबाट बढेर २ खर्ब २१ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।

कर्जा लगानी बढाएपनि बैंकको निष्क्रिय कर्जामा भने सामान्य गिरावट देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ०.४६ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य घटेर ०.४३ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकको आधार दर ९.६२ प्रतिशतबाट ६.६५ प्रतिशतमा झरेको छ। त्यसैगरी, बैंकको स्प्रेड दर ५.०२ प्रतिशतबाट ४.४० प्रतिशतमा झरेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री