आइतबार, २३ वैशाख २०८१

बैंक अफ काठमाण्डूद्धारा “कर्पोरेट पे” प्रणालीको सुरुवात

समयपोष्ट २०७७ माघ १४ गते १८:००

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेडले बैंक खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने “कर्पोरेट पे” प्रणालीको सुरुवात गरेको छ ।

उक्त सेवा बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसंगको सहकार्यमा उपलब्ध गराएको हो । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख सुचना अधिकारी महेश मिश्र तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले हस्ताक्षर गर्नुभयो ।

बैंकको आफ्ना संस्थागत ग्राहक महानुभावहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सकिने छ । उक्त प्रणाली मार्फत ConnectIPS वा NCHL-IPS भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ ।

यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहक महानुभावहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्नुहुनेछ । संस्थागत ग्राहक महानुभावहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैकमा आवेदन दिनुपर्नेछ । साथै, ग्राहक महानुभावहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आबद्ध गरी कारोबार गर्न सकिने सुबिधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ्ग कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुदाँ संस्थागत ग्राहक महानुभावहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ ।

Advertisement

यस प्रणालीको सुरक्षित प्रयोग गर्न Multi-Layer Authentication को व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकमहानुभावहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलोे व्यवस्था गरीएको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री