शुक्रबार, १४ वैशाख २०८१

‘सडकमा ‘खाते’ भनिने बालबालिका छैनन्, अब शारीरिक रुपमा अशक्तको व्यवस्थापन पनि सरकारले गर्छ’

समयपोष्ट २०७७ माघ ११ गते १९:०१

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले शारीरिक रुपमा अशक्त भएकाहरुको सबै व्यवस्थापन गर्ने आश्वासन दिएका छन् । आइतबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने,‘जसका लागि कोही छैन, त्यसको लागि सरकार छ’ ।

शारीरिक अपगङ्गता भएका व्यक्तिमा सबैभन्दा बढी समस्यामा हुने गरेको बताउँदै उनले आर्थिक अवस्था कमजोर भएका परिवारमा निकै समस्या हुने गरेको र उनीहरुलाई सरकारले झन् सहयोग गर्ने प्रतिबद्धता जनाए ।

‘हिजो सडकभरि बालबालिका हुन्थे त्यसलाई खाते भनेर अपमान गरिन्थ्यो । तर अहिले सडकमा खाते छैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सडकमा बालबालिका हुने छैनन् । ती सबै बालबालिका लागि अभिभावकका रुपमा सरकार रहेको छ ।’

उनले शारीरिक रुपमा अशक्त भएकालाई हरेस नखान पटक– पटक आग्रह गरे । ‘अलिकति प्रतिकूलता भयो, कहिले प्रकृतिक रुपमा भएको होला, कहिले अन्य कारणले भएको होलान् । नहुनुपर्ने भयो, अब त्यसका लागि हरेस नखानु । तपाईंहरुको लागि सरकार छ,’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री