शुक्रबार, १४ वैशाख २०८१

ग्रीन लाइफ हाइड्रोले कहिले देखि जारी गर्दै छ आईपीओ ?

समयपोष्ट २०७७ माघ ११ गते १०:०६

Advertisement

ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले आईपीओ जारी गर्ने भएको छ ।

कम्पनीले माघ २३ गतेदेखि सर्वसाधारणमा १०० अंकित मूल्यका १८ लाख कित्ता स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ। सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री