शुक्रबार, १४ वैशाख २०८१

रसुवागढी हाईड्रोले १ करोड ६४ लाख २१ हजार ४० कित्ता आईपिओ जारी गर्ने

समयपोष्ट २०७४ पुष २० गते १३:०५

नेपाल धितोपत्र बोर्डले चिलिमेको सहायक कम्पनी रसुवागढी हाईड्रोपावर कम्पनीलार्इ साधारण सेयर निश्कासनको अनुमति दिएको छ । बोर्डले विहीबार कम्पनीलार्इ एक करोड ६४ लाख २१ हजार ४० कित्ता साधारण सेयर जारी गर्न अनुमति दिएको हो । उक्त साधारण सेयरमा सर्वसाधारणले भने आवेदन दिन पाउँने छैनन् ।

Advertisement

कम्पनीको साधारण सेयर नेपाल विद्युत्त प्राधिकरण, आयोजनामा ऋण लगानी गर्ने कम्पनीहरु, नागरिक लगानी कोष, कर्मचारी सञ्चयकोषका कर्मचारीहरु तथा सदस्यहरुलाई जारी गरिने छ  ।

पहिलो चरणको संस्थापक र कर्मचारीको प्राथमिक सेयर निष्काशन र बाँडफाँड पश्चात दोस्रो चरणमा मात्र सर्वसाधारमा सेयर जारी हुने छ । सो समयमा कम्पनीले अधिकृत पूँजीको २५ प्रतिशत बराबरको एक करोड ७१ लाख पाँच हजार २५० कित्ता सेयर सर्वसाधारणका लागि धितोपत्र बोर्डबाट स्वीकृति पश्चात फेरी जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशनको जिम्मा सिद्धार्थ क्यापिटल, एनआईबिएल क्यापिटल, ग्लोबलआईएमई क्यापिटल र एनसीएम मर्चेन्टलाई संयुक्त रुपमा दिईएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री