शनिबार, १५ वैशाख २०८१

ओलीलाई स्पष्टिकरण, पौडेललाई कारवाही गर्ने प्रचण्ड–माधव पक्षको निर्णय

समयपोष्ट २०७७ माघ २ गते १९:५३

Advertisement

नेकपा प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्ने निर्णय गरेको छ ।

शुक्रबार कोटेश्वरको पेरिसडाँडामा बसेको बैठकले ओलीले पार्टी विधान, उद्देश्य र लक्ष्य विपरित गतिविधि गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

बैठकले ओलीसंगै महासचिव विष्णु पौडेललाई समेत पार्टी निर्णय विपरित काम गरेकाले कारवाही गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकले माघ १६ गते काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री