शनिबार, ८ वैशाख २०८१

आजबाट एटिएम कार्ड प्रयोगमा शुल्क लाग्ने

समयपोष्ट २०७७ माघ २ गते ११:५५

Advertisement

एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा आजबाट शुल्क लाग्ने भएको छ ।

तर, महिनामा दुई पटक एउटा बैंकको एटिएम कार्ड प्रयोग गरी अर्को बैंकको एटिएमबाट पैसा निकाल्दा भने शुल्क लाग्ने छैन् । महिनामा दुई पटक भन्दा बढीको कारोबारमा भने शुल्क लाग्ने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ।

राष्ट्र बैंकले लकडाउनपछि नि:शुल्क गरेको अन्तरबैंक एटिएम कारोबारमा माघ १ गतेदेखि भने प्रतिकारोबार २० रुपैयाँसम्म बैकहरूले शुल्क लिन पाउने भएका छन्। केन्द्रिय बैंकले भुक्तानी प्रणाली सम्बन्धि एकिकृत निर्देशन २०७७ मा संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री