शुक्रबार, १६ चैत २०८०

नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न, ३५.२६ प्रतिसत् लाभांश दिने प्रस्ताव पारित

समयपोष्ट २०७७ पुष २९ गते १७:२०

Advertisement

नबिल बैंकको ३६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बुधबार बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालको अध्यक्षतामा बसेको साधारण सभाले बैंकको संचालक समितिले सिफारिस गरे बमोजिम तथा नेपाल राष्ट्र बैंकको स्वीकृति अनुसार साधारण सभामा पेशगरेअनुसार आर्थिक बर्ष २०७६/७७ को मुनाफाबाट ३५.२६ प्रतिसत् लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

विगत तीन दशकभन्दा बढी निरन्तर सेवा प्रदान गर्दै नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकको रुपमा स्थापित हुन सफल भएको छ । यसै साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुहको प्रतिनिधित्व गर्दै अनन्त पौड्याल तथा प्रविन टिवडेवाला निर्विरोध निर्वाचित हुनु भएको छ ।

आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा रु. ३ अर्ब ४६ करोड हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३६.१६ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्ब ३७ अर्ब पुर्याएको छ । समीक्षा बर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको शेयर पूँजी यस बर्ष १३ अर्ब ४८ करोड नाघेको छ ।

साधारण सभामा आफ्नो मन्तव्य राख्दै अध्यक्ष पौड्यालले भन्नुभयो “नबिल बैंकले नेपालको बैकिङ्ग क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिहरुलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्याउन सफल भएकोमा हामी गौरवान्वित रहेका छौं ।” हामी ठूलो बैंकसंगै राम्रो र विश्वसनीय बैंक कायम रहिरहने लक्ष्यमा छौ। बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा लागेको छ । बैंकले स्थापनाकाल देखि हालसम्म रू.२१ अर्ब भन्दा बढी रकम त देशको राजश्वमा योगदान गरिसकेको छ ।

वास्तविक अर्थतन्त्रलँई सहयोग पुर्याई समग्र अर्थतन्त्रको सुखद भविष्यको लागि हाम्रा प्रयासहरुलाई अझ बलीयो बनाउ“दै लैजाने हामी प्रतिबद्धता व्यक्त गर्दछौ“ । त्यसैगरी, हामी हाम्रा शेयरधनीहरु, ग्राहकवर्गहरु, नियामक निकायहरु लगायत सम्पूर्ण सरोकारवाला पक्षहरुमाझ यो बैंक सबल र सक्षम रहेको र हालको जस्तो अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो सकारात्मक सोच एवं परिवर्तनलाई ग्रहण गर्न सक्ने क्षमताका माध्यमबाट उत्कृष्ट कार्यसम्पादन गर्न तयार रहेको व्यहोरा अवगत गराउन चाहन्छौ“ । साथै, हामी यस किसिमका चुनौतिहरुलाई अवसरमा बदल्नका लागि पनि पूर्ण रुपमा तयार रहेको जानकारी गराउन चाहन्छौ“ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ । बैंकको साधारण सभा समयमै सम्पन्न गर्न सहयोगी भूमिका खेल्ने शेयरधनी तथा सम्बद्ध सबै निकायहरू प्रति बैंक परिवार हार्दिक आभार व्यक्त गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री