शुक्रबार, १४ वैशाख २०८१

श्रीमानले दबाब दिएको भन्दै प्रहरीमा पुगिन यी नायिका

समयपोष्ट २०७७ पुष २७ गते ७:३७

Advertisement

चर्चित टेलिभिजन सिरियल ‘कृष्णदासी’ मा कि नायिका प्रिटी तलरेजाले आफ्ना श्रीमान अभिजित पेटकरविरुद्ध प्रहरीमा उजूरी दर्ता गराएकी छिन् । आफुमाथि धर्म परिवर्तनका लागि दबाब दिएको उनले आरोप लगाएकी छिन् ।

श्रीमानले भने अनुरुप धर्म परिवर्तन गर्न नमान्दा कुटाईसमेत खानुपरेको उनले बताएकी छिन् । प्रितिले आफुमाथि भएको हिंसाबारे ट्वीटर लगायतका सामाजिक सञ्जालमा लेखेकी छिन् ।

भारतीय समाचार संस्थाका अनुसार सुरुमा उजुरी लिएर मुम्बई प्रहरीमा पुगिन् । तर, कुनै कारबाही भएन अनि मुख्यमन्त्री उद्धव ठाकरे र प्रधानमन्त्री कार्यालयलाई ट्याग गर्दै सामाजिक सञ्जालमा आफ्ना वेदना पोखिन् ।

अहिले खन्डकपान्डा कल्याण पुलिसले प्रितीको उजूरी दर्ता गरेको छ । प्रिटीले सामाजिक सञ्जालमा थुपै्र तस्विरहरु सार्वजनिक गरेकी छिन् । उनको अनुहारमा कुटपीटको दाग पनि देखिन्छ ।तीन वर्ष अघि प्रिटीले अभिजित पेटकरसँग विवाह गरेकी थिइन् । अभिजित जिम सेन्टर सञ्चालन गर्थें ।

प्रिटीका अनुसार अभिजित मुस्लिम परिवारका हुन् । उनीहरुले मस्जिदमा विवाह गरेका थिए । विवाह गर्दासम्म प्रिटीले धर्म परिवर्तन गरेकी थिइनन् । तर विस्तारै अभिजितले धर्म परिवर्तन गर्न दबाब दिँदै कुटपीट गर्न थाले । मुस्लिम कानूनअन्तर्गत उनलाई विवाहको प्रमाणपत्र पनि दिइएन । एक ट्वीटमा प्रिटीले लेखेकी छिन् ‘मेरा पति अभिजितले आफू मुस्लिम रहेको बताएका छन् । उनीसँग धर्म परिवर्तनको कुनै कागज छैन । आफ्नो डकुमेन्टमा उनले आफ्नो नाम अभिजित पेटकर नै लेख्छन् ।’एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री