शुक्रबार, १६ चैत २०८०

अनुहारमा सुन्दरता ल्याउन हस्तमैथुन, जान्नुहोस् अन्य फाइदा

समयपोष्ट २०७७ पुष २२ गते १९:३४

Advertisement

हस्तमैथुनका बारेमा मानिसहरुको विभिन्न धारणा छ । कोही यसलाई अश्लील उत्तेजित व्यवहार ठान्छन् भने कोही यसलाई सही ठान्छन् । तर विज्ञानले भने हस्तमैथुनलाई गलत मान्दैन र यसलाई स्वास्थ्यको दृष्टिकोणले राम्रो र सामान्य मान्छ ।

आफैलाई मनोरञ्जन दिनका लागि जब तपाई आफ्ना गुप्ताङ्गहरुलाई छुनु हुन्छ तब त्यसैलाई हस्तमैथुन मानिन्छ । मानिसहरु यसलाई धेरै तरिकाबाट गर्छन् । हस्तमैथुनको दौरानमा मानिस आफ्नो दिमागमा सुन्दर पलहरुको कल्पना गर्छ र त्यसकै बारेमा सोच्न थाल्छ ।

हस्तमैथुन कुनै पनि कोणबाट गलत नभएको अध्ययनहरुले पुष्टि गरिसकेको छ । यो एकदमै सही व्यवहार हो । यो आनन्द महसुस गर्ने एउटा प्राकृतिक उपाय हो । तर सार्वजनिक स्थानहरुमा भने हस्तमैथुन अप्राकृतिक, गैरकानुनी र अमर्यादित व्यवहार हो ।

यसलाई केटा र केटी दुबैले अभ्यास गर्नसक्छन् । केटाहरुमा यसको अभ्यास गर्ने इच्छा १७ वर्षपछि प्रवल रुपमा उत्पन्न हुन्छ । तर केही मानिसहरु भने यसको अभ्यास गर्दैनन् र जबसम्म कसैमा यसको इच्छा विकास हुँदैन तबसम्म यसको अभ्यास नगर्दा उचित हुन्छ ।

हस्तमैथुन गर्नाले तपाईको शारीरिक विकासमा कुनैपनि अवरोध उत्पन्न गर्दैन । यसको अभ्यासले आखाँको मुनि ‘डार्क सर्कल’ बस्ने सम्भावना कम हुन्छ ।

वास्तवमा यसले मानिसको तनावलाई कम गर्नुका साथै खुशीका हार्मोन ‘इंडाँरफिङ्स’ उत्पन्न गराएर शरीरमा आनन्दको अनूभुति गराउँछ । यसले तपाईलाई सुत्नमा मद्दत गर्नुका साथै निजी अंगलाई सक्रिय राख्ने काम गर्छ ।

यसलाई सुरक्षित यौनक्रियाको एउटा असल तरिका मानिन्छ । केटीहरु हस्तमैथुनको समयमा आफ्नो गुप्ताङ्गमा केही राख्छन् । यो कुनै सेक्स टोय पनि हुनसक्छ तर यसलाई तबसम्म मात्र सुरक्षित मानिन्छ जबसम्म तपाईलाई कुनै कष्ट हुँदैन । यो अभ्यास गरिरहँदा तपाईले प्रयोग गरेको वस्तु ब्याक्टेरियामुक्त हुनुपर्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री