बुधबार, ५ कार्तिक २०८२

प्रिमियर ईन्स्योरेन्सको एफपीओमा आवेदन गर्नु भयो ?

समयपोष्ट २०७४ पुष १९ गते ७:५७

प्रिमियर ईन्स्योरेन्सको थप नयाँ साधारण सेयर (एफपीओ) मा आवेदन गर्ने आज अन्तिम दिन  हो ।  कम्पनीले पौष १६ गतेदेखि  साढे ६ लाख कित्ता थप नयाँ साधारण सेयर (एफपीओ) को बिक्री खुला गरेको थियो ।

Advertisement

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ रुपैयाँ प्रिमियम थपगरी प्रतिकित्ता ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार पाँच सय ६५ कित्ता बिक्रीमा ल्याएको हो।

लगानीकर्ताले न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँदेखि अधिकत्म ३ हजार २९० किता अर्थात २६ लाख २८ हजार ७१० रुपैयाँ बराबरको आवेदन दिन पाउनेछन् ।

इन्स्योरेन्सको एफपीओ निष्काशनकर्ता एनएमबि क्यापिटल रहेको छ । लगानीकर्ताले आफ्नो खाता रहेको आश्वा सेवा प्राप्त सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री