
कोभिड-१९ संक्रमणबाट बीमा विज्ञ अनिल ढुंगेलको ज्यान गएको छ ।
बीमा विज्ञ ढुंगेलको शनिबार राति साढे ११ बजे निधन भएको हो।
अचानक ज्वरो आएसँगै अक्सिजनको मात्रा कम देखिएपछि उनलाई स्टार हस्पिटलमा भर्ना गरिएको थियो । उनमा उक्त रक्तचाप र मधुमेह थियो ।
अघिल्लो आइतबार अस्पताल भर्ना गरिएपछि उनको स्वास्थमा सुधार हुँदै गएको थियो। तर गत शुक्रबार अचानक उनलाई हृदयघात भएको थियो। त्यसबाट उनी फेरि ‘रिभाइव’ भएका थिए। तर फेरि एट्याक भएपछि उनको निधन भएको हो।
चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उनी अध्यापनमा संलग्न थिए।










प्रतिक्रिया