कंगना पद्मश्री पुरस्कारबाट सम्मानित

सरकारले ७१ औँ गणतन्त्र दिवसको अवसरमा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मानित गर्ने घोषणा गरेकाे छ। जसमा ७ जनालाई पद्म विभूषण, १६ जनालाई पद्म भूषण र ११८ जनालाई पद्मश्री पुरस्कारबाट सम्मानित गरिने छ।

Advertisement

पद्मश्रीबाट सम्मानित हुनेहरुको सूचिमा बलिउड अभिनेत्री कंगना रनौट, निर्माता तथा निर्देशक करण जोहर, एकता कपूर र गायक अदनान सामीको नाम पनि समावेश छ।

सरकारले पद्मश्रीबाट सम्मानित गर्ने भएपछि अभिनेत्री कंगना रनौटले यो सम्मान देशका सम्पूर्ण महिलाहरुप्रतिको सम्मान भएको प्रतिक्रिया दिएकी छन्। कंगनाले एक भिडियो सन्देश जारी गर्दै सम्मानका लागि सरकारलाई धन्यवाद दिएकी हुन्।

‘मलाई पद्मश्रीबाट सम्मानित गरेकोमा भारत सरकारप्रति आभारी छु। यो सम्मान देशका सबै महिलाहरुप्रति सम्मान हाे। म यो पुरस्कार ती महिलाहरुप्रति समर्पित गर्न चाहन्छु, जो आफ्नो सपना पूरा गर्ने हिम्मत गर्छन्। मलाई साथ दिने सबैलाई धन्यवाद, जसले मलाई यो स्थानसम्म पुर्‍याउन सहयोग गरे’, कंगनाले भिडियो सन्देशमा भनेकी छन्।

कंगनाले बलिउड चलचित्र ‘फेसन’, ‘क्वीन’ र ‘तनु वेड्स मनु रिटर्न्स’मा गरेको उत्कृष्ट अभिनयका लागि तीन पटक नेशनल अवार्ड जितिसकेकी छन्।

Advertisement

उक्त पुरस्कार हरेक बर्ष मार्च अप्रिलमा दिने गरिन्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री