शनिबार, १५ वैशाख २०८१

भिमसेनगोलामा कामना सेवाको नयाँ शाखा सञ्चालनमा

समयपोष्ट २०७६ माघ १० गते १९:११

Advertisement

कामना सेवा विकास बैंक लिमिटेडले काठमाण्डौ नगरपालिका वडा नं ३१ स्थित भिमसेनगोलामा ११७औ शाखा कार्यालय शुभारम्भ गरेको छ । बैंकले बुधबार शाखा कार्यलय सञ्चालनमा ल्याएको हो ।

काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखा सहित ११७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटिएम मार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

साथै बैंकले ए बि बि एस, इन्र्टनेट बैंकिंग,मोवाईल बैंकिंग भि फाईभ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री