बिहीबार, १३ वैशाख २०८१

सीईओको कुर्सीमा बस्दा नै अलिकति प्रेसर लिन तयार हुनैपर्छ : अनिलकेशरी शाहको अन्तर्वार्ता

समयपोष्ट २०७६ माघ ९ गते १०:१०

Advertisement

म अर्थमन्त्री, गभर्नरमा केमा विश्वस्त छु भने मलाई थाहा नभएको कुरा उहाँहरूलाई थाहा छ । मैले पूरा तस्बिर नभएर एउटा कुना मात्र देखेको छु होला । त्यो कुना हेर्दा यो किन गरेको होला भएन जस्तो लाग्छ तर पूरा तस्बिर हेर्दा ठीकै होला जस्तो लाग्छ । त्यसकारण परिवर्तन आइरहेको छ ।

नबिल बैङ्कको प्रतिस्पर्धामा अन्य बैङ्क पनि आइसकेका छन् । अब निजी क्षेत्रको सबैभन्दा ठूलो बैङ्क कायम रहन नबिलको रणनीति के हुन्छ ?

नबिल बैङ्क ३५ वर्ष अगाडि निजी क्षेत्रको नेपालकै पहिलो जोइन्ट भेन्चर बैङ्कका रूपमा स्थापना भएको हो । त्यो बेलादेखि अहिलेसम्म वित्तीय, राजनीतिक क्षेत्र र अर्थतन्त्रमा हामीले धेरै परिवर्तन देखिसकेका छौँ । यो सबैमा हामीसँग प्रतिस्पर्धा गर्ने संस्था पनि थपिएका छन् । उहाँहरूको साइज पनि बढेको छ । हामी जोइन्ट भेन्चर बैङ्क भएका कारणले गर्दा पनि हाम्रो स्पष्ट रणनीति छ । हाम्रा अध्यक्ष सर शम्भुप्रसाद पौडेल ३० वर्षभन्दा बढी समय निर्देशक पदमा काम गरी पब्लिकबाट आएर बोर्डमा बस्नुभएको छ । उहाँको यो संस्थामा र वित्तीय क्षेत्रमा भएको अनुभव र नबिल बैङ्कको टिममा पनि २५ देखि ३५ वर्ष काम गरेका कर्मचारी छन् । त्यससँगै नयाँ युवाको ऊर्जासमेत हामीसँग छ । हाम्रो रणनीति सबैभन्दा ठूलोभन्दा पनि सबैभन्दा राम्रो हुने हो । सेयर मूल्य, सेवाको स्तर, नाफा, प्रविधिको प्रयोग लगायतका मापदण्डबाट हामी सबैभन्दा राम्रो हुन चाहन्छौं । अहिलेसम्म नाफामा नम्बर एक भनेर गनिएका छौँ । अहिले मर्ज, अक्वायर गरेर धेरै बैङ्कका शाखा हाम्राभन्दा ठूला भइसकेका छन् तर पनि नबिल बैङ्कको जुन ब्रान्ड भ्यालु छ त्यो कायम नै छ । मेरो, हाम्रो बोर्ड र टिमको प्रतिबद्धता आज पनि संस्थागत वा व्यक्तिगत रूपमा बैङ्किङ भन्ने बित्तिकै नबिल बैङ्क आओस् भन्ने छ । त्यसकारण हामीले पनि शाखा सञ्जाल विस्तार गरिरहेका छौँ । ४० वटा यही महिनामै सकिन्छन् होला । त्यो सँगसँगै प्रविधिलाई अपग्रेड गरिरहेका छौँ । हामीले हाम्रो सेवाको स्तर राम्रो होस् भनेर आन्तरिक प्रोसेस झन् राम्रो बनाइरहेका छौं । आज पनि ग्राहक नबिल बैङ्कमा खाता खोल्न, हाइड्रोको लोन लिन, एसएमई लोन लिन होस् या लिँदा होस् नबिल नै जाउँ भन्नेतिर हामी लागिरहेका छौँ ।

हाम्रो रणनीति सबैभन्दा ठूलोभन्दा पनि सबैभन्दा राम्रो हुने हो । सेयर मूल्य, सेवाको स्तर, नाफा, प्रविधिको प्रयोग लगायतका मापदण्डबाट हामी सबैभन्दा राम्रो हुन चाहन्छौं । अहिलेसम्म नाफामा नम्बर एक भनेर गनिएका छौँ । अहिले मर्ज, अक्वायर गरेर धेरै बैङ्कका शाखा हाम्राभन्दा ठूला भइसकेका छन् तर पनि नबिल बैङ्कको जुन ब्रान्ड भ्यालु छ त्यो कायम नै छ ।

मर्जको लागि नबिललाई कस्तो संस्था आवश्यक छ ?

मर्ज गर्ने हो भने यस्तो संस्थासँग गर्नुपर्छ जुन हामीभन्दा अलि फरक होस् । जस्तो ग्राहक, शाखा सञ्जाल जहाँ हाम्रा पुगेका छैनन् नकि मर्ज भइसकेको पनि नयाँ ग्राहक, नयाँ फुट प्रिन्ट पाओस् तर कल्चर भने हामीसँग मिल्ने हुनुपर्यो। विवाह गर्दा पनि दुवैको सोच मिले सम्बन्ध राम्रोसँग अगाडि बढ्छ भनेजस्तै बैङ्कको मर्जरमा पनि सोचमा एकरूपता चाहिन्छ । त्यस्तै संस्था हामी खोजिरहेका छौँ । मर्जरले सेयर होल्डर भ्यालुलाई बढाउनुपर्छ । एक प्लस एक थ्री भनेको पहिलो सेयर होल्डर भ्यालुलाई हो र दोस्रो ग्राहक वर्गलाई हो । मर्ज भइसकेपछि जनताले पाउने सेवा झन् राम्रो होस् र झन् राम्रो भयो भन्ने होस् । कुनै पनि वित्तीय संस्थाले समाजलाई जुन योगदान दिन्छ त्यो बढोस् । त्यसकारण हामीले मर्जर नगर्ने भनेका छैनौँ । पार्टनर खोजिरहेका छौँ राम्रो संस्था आएपछि गर्छौ ।

त्यसकारण मर्ज नै गर्नुपर्छ भन्ने छैन । वित्तीय संस्थाको क्षमता बढाउन सक्ने यो एउटा नयाँ बाटो पनि हो । यहाँकैै एउटा बैङ्कसँग मर्ज हुँदा जति क्षमता वृद्धि हुन्थ्यो त्योभन्दा बढी आईसीआईसीआई एमओयूबाट हुन्छ भन्ने लाग्छ ।

अहिलेसम्म नबिल बैङ्कले मर्ज नगरे पनि आईसीआईसीआई बैङ्कसँग एउटा समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेको छ । जसको इन्भाइरोमेन्ट हाम्रो जस्तै छ । यो बैङ्क भारतको ठूलो बैङ्क हो । उहाँहरूबाट हामी सिक्न चाहन्छौँ । उहाँहरू एसएमई, डिजिटाइजेसन, शाखामा कसरी अगाडि बढ्नुभयो भनेर सिक्न चाहन्छौं। यो एमओयूको माध्यमबाट हाम्रा कर्मचारी त्यहाँ गएर केही सिक्न पाउनुहुन्छ । त्यही कुरा यहाँ आएर सिकाउनुहुन्छ । त्यसकारण मर्ज नै गर्नुपर्छ भन्ने छैन । वित्तीय संस्थाको क्षमता बढाउन सक्ने यो एउटा नयाँ बाटो पनि हो । आईसीआईसीआई बैङ्कसँग एमओयू गर्न पाउँदा हामी निकै खुसी छौँ । यसबाट हामीले धेरै सिक्ने अवसर पाउँछौँ । यसबाट दुवै संस्था लाभान्वित हुन्छौँ । यहाँकैै एउटा बैङ्कसँग मर्ज हुँदा जति क्षमता वृद्धि हुन्थ्यो त्योभन्दा बढी आईसीआईसीआई एमओयूबाट हुन्छ भन्ने लाग्छ ।

मर्जर केका लागि भन्ने पनि छ, मर्जरबाट वित्तीय स्थिरता आउँछ ?

सबैलाई एउटै चिज ठीक हुँदैन । कसैले २५ वर्षमै विवाह गर्छन् भने कसैले ३८ वर्षसम्म पनि गर्दैनन् । कुन ठीक कुन बेठिकभन्दा त्यो व्यक्तिमा निर्भर हुन्छ । त्यस्तै कुनै संस्थाले दस/बाह्र वटासम्म मर्ज गरिसकेका छन् भने हामी जस्ताले मर्ज नै गरेका छैनन् । राष्ट्र बैङ्कले खोजेको पनि वित्तीय क्षेत्रमा कार्यरत संस्था स्टेबल होस् भन्ने नै हो । भोलि केही उथलपुथल आएर संस्था धरापमा नजाओस् । कुनै कलकारखाना, होटलमा केही समस्या आए त्यो संस्थालाई कर्जा दिने बैङ्क र त्यो संस्थामा पुगेको पुँजीपतिलाई समस्या पर्छ । कुनै पनि बैङ्कमा समस्या पर्दा हामीसँग लाखौँ करोडौँ नेपाली जनताको डिपोजिट छ । त्यसकारण राष्ट्र बैङ्कले स्टेबल संस्था खोज्नु स्वाभाविक नै हो । फेरि स्थिरता मर्जरबाट मात्रै आउँछ भन्ने कुरा म मान्दिन । मर्जरले अलिकति स्थिरता, साइज पनि लिएर आउँछ तर ठूलो हुँदैमा स्थिर हुन्छ भन्ने छैन । पहिले नेपाल बैङ्क, वाणिज्य बैङ्कको स्थिति त्यस्तो राम्रो थिएन । अहिले उनीहरू ज्यादै राम्रा भएर प्रतिस्पर्धा गरेका छन् । ठूला त उनीहरू त्यही बेलामा पनि थिए । त्यसकारण ठूलो मात्र होइन हामीलाई राम्रो संस्था चाहिएको हो । मलाई लाग्छ अर्थ मन्त्रालय, राष्ट्र बैङ्क, नेपाल सरकार र हामीलाई पनि चाहिएको यही हो तर लिने बाटो फरक–फरक हुन्छ । गन्तव्य स्थिर वित्तीय संस्था कसरी बनाउने भनेर हामी सबै लागिरहेका छौं ।

पहिले नेपाल बैङ्क, वाणिज्य बैङ्कको स्थिति त्यस्तो राम्रो थिएन । अहिले उनीहरू ज्यादै राम्रा भएर प्रतिस्पर्धा गरेका छन् । ठूला त उनीहरू त्यही बेलामा पनि थिए । त्यसकारण ठूलो मात्र होइन हामीलाई राम्रो संस्था चाहिएको हो ।

बढेको पुँजीमा रिटर्न दिन र राष्ट्र बैङ्कले बेलाबेलामा दिने निर्देशनले सीईओलाई कत्तिको प्रेसर दिएको छ ?

सीईओको कुर्सीमा बस्दा नै अलिकति प्रेसर लिन तयार हुनैपर्छ । प्लेन उडिसकेपछि अटो पाइलटमा राखिसकेपछि क्याप्टेनको कुर्सीमा बालबालिका गएर बसे पनि प्लेन त उडिरहन्छ । जब अलि उथलपुथल हुन्छ त्यसपछि क्याप्टेनको क्षमता देखिन्छ । क्रान्तिको समयमा वित्तीय संस्थामा आफ्नै किसिमको प्रेसर थियो । त्यसपछि सङ्क्रमणमा अर्थतन्त्रमा उथलपुथल आएको थियो र अहिले आफ्नै किसिमको प्रेसर छ । त्यसकारण प्रेसर बढी भयो, कम भयो भन्नेभन्दा पनि नेपालमा परिवर्तन भइरहेको छ भन्ने बुझ्नुपर्छ । राजनीतिक, सामाजिक परिवर्तन भयो अब आर्थिक परिवर्तन भइरहेको छ । नेपाली जनताले झण्डै दुई तिहाइ बहुमतको एउटा पार्टीको सरकार बनाएका छन् भने उहाँहरूको दृष्टिकोण भनेको नेपालको दृष्टिकोण हो । आर्थिक परिवर्तनमा उहाँहरूले जुन रेगुलेसन, प्रोसेस चेन्ज ल्याइरहनुभएको छ त्यो मलाई लाग्छ पहिलेभन्दा फरक होला । हामीले नबुुझेको पनि हुनसक्छ । म अर्थमन्त्री, गभर्नरमा केमा विश्वस्त छु भने मलाई थाहा नभएको कुरा उहाँहरूलाई थाहा छ । मैले पूरा तस्बिर नभएर एउटा कुना मात्र देखेको छु होला । त्यो कुना हेर्दा यो किन गरेको होला भएन जस्तो लाग्छ तर पूरा तस्बिर हेर्दा ठीकै होला जस्तो लाग्छ । त्यसकारण परिवर्तन आइरहेको छ । स्प्रेडको क्याल्कुलेसनमा जुन परिवर्तन आएको छ त्यसले पूरा वित्तीय क्षेत्रकै २० देखि २५ प्रतिशत नाफा कम गर्छ । त्यो नाफा हामीकहाँ कम भएर सेयर हुन्छ । स्प्रेड कम भएपछि या डिपोजिटमा जान्छ या लोन कस्टुमरकहाँ जान्छ । हाम्रो नाफा कम हुँदा डिभिडेन्ट दिने क्षमता मात्र होइन हाम्रो कर तिर्ने क्षमता पनि कम हुन्छ । नेपाल सरकारले त्यो कुरा बुझेकै होला । करको टार्गेट दिँदा पनि त्यही भएर त्यसरी नै दिएका होलान् । त्यसकारण परिवर्तन देखेर हामी तर्सिनुहुँदैन । हामीलाई मात्र सबै कुरा थाहा छ भन्ने ठान्नु पनि हुँदैन । मैले यहाँको नुन खाएको छु त्यसकारण यो वित्तीय संस्थालाई सबैभन्दा राम्रो कसरी बनाउने भनेर लाग्छु । अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, गभर्नरज्यूले त पूरै अर्थतन्त्र हेर्नुभएको छ । त्यसकारण उहाँको बुझाइमा मेरोभन्दा बढी पूर्णता छ । यसमा म विश्वस्त छु ।

अहिले बजारमा ऋणको माग कम हुनुको कारण के हो ?

जुन परिवर्तन अर्थतन्त्रमा आएको छ त्यो बुझ्न र पचाउन अलि समय लाग्छ । घरमै परिवर्तन हुँदा त बुझन् केही समय लाग्छ भने देशको अर्थतन्त्रमा परिवर्तन हुँदा बुझ्न समय लाग्छ नै । बुझाइमा अलिकति कमी हुँदा निजी क्षेत्रमा के भइरहेको छ कसो भइरहेको छ भनेर अलिकति चिसोपन पस्यो । यसपछि उहाँहरूले भइरहेका उद्योग, व्यवसाय ठूलो पनि गर्नुहुँदैन नयाँ पनि गर्नुहुँदैन । त्यही भएर अहिले अर्थतन्त्र अलिकति खुम्चिएको र लोनको माग कम भएको हो । मलाई लाग्छ यो सर्टटर्म मात्र हो । अहिले अटो, होम लोनमा ५० प्रतिशत ईएमआई, कर तिरेको प्रमाणपत्र हुनुपर्छ भनेर आयो । कसैले पनि कर तिर्नुपर्दैन भनेर भन्न सक्दैन । मैले तीन हजार पाँच सय रुपियाँको जागिर खाँदादेखि नै कर तिरिरहेको छु । कर चुक्ता प्रमाणपत्र मागेपछि अटो लोन, होम लोन ठप्प भयो । अहिलेसम्म जसले जहाँ काम गरिरहेको छ त्यहाँबाट कम्पनीले तलब खुलाएर एउटा चिठी दिन्थ्यो । त्यसको ५० प्रतिशतसम्म हामी ईएमआई गथ्र्यौं ।

कृषि, रेमिट्यान्स, सानो व्यवसायमा काम गर्नेले कर तिर्नुपर्दैन तर उहाँहरूले कहिल्यै कर नतिर्ने भन्ने होइन । उहाँहरू करको दायरामा आउन समय लाग्छ । त्यसकारण लोनको केसमा पनि अलिकति समय लाग्छ । यो गर्ने समय अहिले ठीक थियो कि थिएन भन्ने यो मेरो दायित्वमा पर्दैन । माननीय मन्त्रीज्यू, गभर्नरज्यूले सबै बुझेर नै यो नियम ल्याउनुभएको होला । उहाँहरूले ल्याइसकेको कुरालाई हामीले गर्दैनौँ भनेर कुनै वित्तीय संस्थाले कहिल्यै भनेका छैनन् । नीति, कानुन, निर्देशन आएपछि हामी कार्यान्वयन गर्छौं । म ढुक्कसँग भन्छु अन्य कुनै कार्यक्षेत्रभन्दा हामी कार्यान्वयन गर्छौं होला । उहाँले बहस गर्ने भनेको यो निर्देशन आउनुभन्दा अगाडि हो । आइसकेपछि बहस गरेर काम नै छैन । कार्यान्वयन गरेर अगाडि बढ्ने हो ।

हामी वित्तीय क्षेत्रमा काम गर्नेलाई डर के छ भने हामीले बल्ल यो इन्फर्मल सेक्टरबाट नागरिक हुन् या एसएमईलाई होस् वित्तीय क्षेत्रमा तानेको थियौं । यो सबैले गर्दा बैङ्कमा आउँनै नहुने बरु साहुजीबाट, कोअपरेटिभबाट पहिले जहाँबाट लिन्थे त्यहीँ जान्छु , त्यहाँ केही सोध्दै सोध्दैन भनेर सबै त्यता लागे भने नागरिकलाई फर्मल सेक्टरमा ल्याउने यो १०/१५ वर्षको अध्याय पछाडि जान्छ कि भन्ने डर छ ।

यसले एसएमई, उद्यमशील व्यक्तिलाई कस्तो असर गर्छ ?

एसएमईमा पनि पहिले ट्याक्समा रजिस्टर हुनुपर्ने, कोड लिएर प्रोजेक्सन त्यहाँ राख्नुपर्ने भन्ने थियो । फेरि पनि एउटा वित्तीय संस्था चलाएको मान्छेले स्पष्ट भन्छु त्यो राम्रो हो । यसले मेरो जोखिम कम गर्छ । उहाँले त्यहाँ प्रोजेक्सन दिएपछि मैले कति लोन दिने नदिने भनेर म त्यहीँ बेसिसमा हेर्छु । सैद्धान्तिक रूपमा यो ठीक होइन भनेर कसैले भन्नै सक्दैन । संविधान बनेको छ, गणतन्त्र आएको छ । सात वटा प्रान्तमा प्रान्तीय अर्थतन्त्र अगाडि बढाउने भनिरहेका छौँ । अर्थतन्त्रलाई अलिकति हिट दिउँ भनिरहेको बेला यसले चिसोपन ल्याउँछ कि भन्ने मात्र हो । यो नीति नियम, कानुन जसले लिएर आयो धेरै अध्ययन गरेर ल्याउनुभएको छ होला । त्यसकारण मैले नबुुझ्दैमा यसलाई बेठिक भन्न सक्दिन । अहिले मेरो दृष्टिकोणले हेर्दा एसएमईले गर्दा लोन कम जाने भयो भन्ने छ । जुन ठूलो पिक्चर नेपाल सरकारले हेरिराखेको छ त्यसमा यो कहीँ ठिक्क अट्छ होला । हामी वित्तीय क्षेत्रमा काम गर्नेलाई डर के छ भने हामीले बल्ल यो इन्फर्मल सेक्टरबाट नागरिक हुन् या एसएमईलाई होस् वित्तीय क्षेत्रमा तानेको थियौं । यो सबैले गर्दा बैङ्कमा आउँनै नहुने बरु साहुजीबाट, कोअपरेटिभबाट पहिले जहाँबाट लिन्थे त्यहीँ जान्छु , त्यहाँ केही सोध्दै सोध्दैन भनेर सबै त्यता लागे भने नागरिकलाई फर्मल सेक्टरमा ल्याउने यो १०/१५ वर्षको अध्याय पछाडि जान्छ कि भन्ने डर छ ।

 

तपाईंहरूले भन्ने गरेको क्रेडिट क्रन्चको समस्या हल भएको हो ? अब ब्याजदर घटाउन कत्तिको भूमिका खेल्छ ?

क्रेडिट क्रन्चभन्दा पनि अब हामी लिक्विडिटी याक्सेसको कुरा गरिरहेका छौं किनभने क्रेडिटको अपटेक नै ज्यादै कम छ । त्यसकारण यो वर्ष क्रेडिट क्रन्च भन्ने अवस्था आएन । बैङ्कले लोन नदिई पैसा बनाउँदैन । अर्थतन्त्र ठूलो बनाउन लोन नै दिनुपर्छ । घरबाट पैसा ल्याएर व्यवसाय गरेर अर्थतन्त्र ठूलो हुँदैन । यो त्यति लामो समय जाँदैन । आउँदा दिनमा क्रेडिट टेक राम्रै हुन्छ होला । डिपोजिटको ग्रोथ राम्रो भइरहेको छ । आउँदा दिनमा क्रेडिटको ग्रोथ पनि राम्रै हुन्छ । अहिले हाम्रो मुख्य फोकस भनेकै एसएमईमा छ । अहिले हरेक प्रान्तको अर्थतन्त्रको मेरुदण्ड भनेकै एसएमई हो । वित्तीय संस्थाले त्यो मेरुदण्ड मजबुत बनाए भने अर्थतन्त्र मजबुत हुने हो । हामी त्यतै लागिरहेका थियौँ । ट्याक्सको नियमले अलिकति कमजोर बनाएको छ । मलाई लाग्छ यो छोटो अवधिका लागि मात्र हो । परिवर्तन हुन्छ ।

सामाजिक सुरक्षा कोषमा जान बैङ्कलाई के समस्या छ ?

सैद्धान्तिक रूपमा हेर्ने हो भने सामाजिक सुरक्षा कोषमा जान कसैको पनि केही पनि समस्या छैन । पेन्सन हुनुपर्दैन भन्ने कोही पनि व्यक्ति हुँदैन । जस्तो नबिल बैङ्क ३५ वर्षदेखि काम गरिरहेको छ । पेन्सन नदिए पनि प्रोभिडेन्ट फन्ड मेच्युरिटीको योगदान थियो त्यो गरेर एउटा संरचना बनाइरहेका छौैँ । कार्यरत कर्मचारीलाई आफू रिटायर्ड भएपछि यो रकम आउँछ भन्ने छ । काम गर्दैगर्दा लोनको व्यवस्था लगायत सबै थिए । अब जुन नयाँ संरचना आउँछ अहिले भएको जति नै होस् भन्ने हाम्रो भनाइ हो । कर र लोन लिनेमा अलिकति समस्या छ यहाँ । अर्को रिटायर्ड भइसकेपछि कसरी र कति पैसा फिर्ता आउँछ भन्ने स्पष्ट छैन । बैङ्कर भनेका पैसामा खेल्ने संस्था हुन् । हाम्रो दिमाग नै क्याल्कुलेसनमा गइरहेको हुन्छ । त्यसकारण हाम्रो जस्तो मुलुकमा सामाजिक सुरक्षा कोष हुनुपर्छ । यो सुरुवातको चरणमा जसले केही पाइरहेका छैनन् उनीहरूका लागि भए बेस हुन्थ्यो । सरकारी कर्मचारी, आर्मी, पुलिस, वाणिज्य, कृषि विकास र नेपाल बैङ्ककै कर्मचारी यसमा जान नपर्ने भन्ने छ भने वित्तीय क्षेत्र पनि जान नपर्ने बनाइदिउँ । पहिले अन्य क्षेत्रलाई बनाउँ । त्यसपछि वित्तीय क्षेत्र आफैं आइहाल्छ ।

प्रविधिका कारण बैङ्कका सेवा मोबाइलमा केन्द्रित भएका छन् । शाखा विस्तारमा बैङ्कले किन तँछाडमछाड गरेका होलान् ?

 

जीवित, सक्षम र स्वस्थ हुन शाखा खोल्नैपर्छ । त्यसकारण एउटै भवनमा तीन वटा बैङ्कका शाखा पनि भेटिन्छन्, त्यो राम्रै हो । अहिले हरेक कुनामा बैङ्क पुगेका छन् । त्यसले रोजगारी सिर्जना भएको छ । मर्ज गरेर नेपालमा चार वटा बैङ्क भए । ती राम्रा हुन्छन् त ? त्यसकारण वित्तीय क्षेत्रमा अलिअलि प्रतिस्पर्धा चाहिन्छ ।

यो राष्ट्र बैङ्कका कारणले गर्दा पनि हो । हरेक नेपालीको नजिक एउटा बैङ्कको शाखा होस् भन्ने सरकारको दृष्टिकोणका कारण दुर्गम जिल्लामा शाखा विस्तार भए । कतिपय शाखामा त्यति नाफा हुँदैन । त्यसलाई धान्न पनि अन्य शाखा खोल्नुपर्यो । अहिले हामीले जुन डिजिटाइजेसन, मोबाइल भनेका छौं  त्यसले समय लिन्छ । नेपालको भौगोलिक अवस्था हेरेर पनि यहाँ हुने डिजिटाइजेसन हो । त्यो लङ टर्म हो । त्यहाँसम्म पुग्न सर्टटर्र्ममा त हामी बाँच्नुपर्यो । त्यसका लागि शाखा नै चाहिन्छ । अहिले नागरिकले मोबाइलबाट बैङ्किङ कार्य गर्न सक्दैनन् । उनीहरूलाई शाखामै गएर कारोबार गर्नुपर्छ । गाउँमा मात्र होइन सहरमा पनि चलन त्यही नै छ । यो सङ्क्रमण काल हो । हामीले डिजिटाइजेसनमा त्यति नै लगानी गरिरहेका छौँ जति शाखामा गरिरहेका छौँ । मार्केट क्याच अप भएपछि मात्र सबै कुरा ठीक हुन्छ । जस्तै मेरी आमाको समयमा विदेशी महिलाले सर्ट, प्यान्ट, कोट लगाउँथे । त्यो बेला नेपालमा प्यान्ट अथवा कुर्ता बेच्न खोजेको भए त फ्लप हुन्थ्यो । त्यो बेला सारी, फरियाको चलन थियो तर बेठिक होइन । अहिले त्यहीँ लगाइरहेका छन् । अहिले समयले त्यही क्याचअप गरिरहेको छ । महिलाले सबै किसिमका पहिरन लगाइरहेका छन् । बैङ्किङ व्यवसाय पनि त्यही हो । जीवित, सक्षम र स्वस्थ हुन शाखा खोल्नैपर्छ । त्यसकारण एउटै भवनमा तीन वटा बैङ्कका शाखा पनि भेटिन्छन्, त्यो राम्रै हो । अहिले हरेक कुनामा बैङ्क पुगेका छन् । त्यसले रोजगारी सिर्जना भएको छ । मर्ज गरेर नेपालमा चार वटा बैङ्क भए । ती राम्रा हुन्छन् त ? त्यसकारण वित्तीय क्षेत्रमा अलिअलि प्रतिस्पर्धा चाहिन्छ । नेपालको वित्तीय क्षेत्रको ४० वर्षको अनुसन्धानात्मक कथा लेख्नुपर्यो । कहाँ थियौँ ? कहाँ पुग्यौँ ? र अब आउने २० वर्षपछि कहाँ जाने भनेर भिजन स्टिटमेट दिनुपर्छ जस्तो लाग्छ । मैले जुन क्षेत्रमा पसिना बगाएँ, बुद्धि चलाएँ त्यस क्षेत्रले मलाई र मेरो संस्थालाई मात्र होइन मेरो समाज र देशलाई पनि योगदान दिनुपर्छ जस्तो लाग्छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री