शनिबार, २९ वैशाख २०८१

आईएमएस ग्रुप नेपालका लागि लिनियर फ्ल्क्सको आधिकारीक बिक्रेता

समयपोष्ट २०७६ माघ ७ गते १९:१७

Advertisement

आईएमएस ग्रुप नेपालमा लिनियर फ्ल्क्सका लागि एक मात्र आधिकारिक बिक्रेता बनेको छ ।

डाक्टर र मोन्स्टर प्रोडक्टस्का इन्जिनियरहरूले बनाएको लिनियर फ्ल्क्स हेडफोनको एक ब्राण्ड हो जसले वायरलेस हाइपर डेफिनेशन अडियोको अनुभव दिनेछ । निरन्तर दुई वर्षको अनुसन्धान र प्रविधि विकास पछि अमेरिकन ब्राण्ड लिनियर फ्ल्क्स आधिरकारीक रुपमा सुरु भएको हो ।

लिनियर फ्ल्क्स हाइपर सोनिक एक वायरलेस हेडफोन हो जुन सक्रिय जीवनशैलीको लागि बनेको हो । यस हेडफोनलाई लेडी गागा, डा. ड्री, पफ डेडी, ब्ल्याक आई पीस, फार इष्ट मुभमेन्ट, जय छउ, वन्डर गर्ल जस्ता सांगितक क्षेत्रका महानहस्तीहरुबाट परिक्षण भएको छ ।

Advertisement

यसको डीएल ०१ इमर्जिभ ध्वनि इन्जिनको विशेषताले संगीतको स्पष्टता बढाउँछ र बेसको लागि उपयुक्त रहेको छ । लिनियर फ्ल्क्स हाइपर सोनिक पानी प्रतिरोधी छ र यसमा कुनै पनि रिचार्जवल केबुलहरूको आवश्यकता पर्दैन ।

हाल कम्पनीले लिनियर फ्ल्क्स उत्पादनहरू स्मार्टडोकोको मार्फत उपलब्ध गराएको छ ।

यि हेडफोनहरु आई एम एस लिटिल स्माईलस् सो रुम सिटी सेण्टर र आई एम एस स्मार्ट सो रुम ताम्राकार कम्प्लेक्स् चौथौं तल्ला, पाकोमा उपलब्ध भएको कम्पनीले जनाएको छ।

“नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड लिनियर फ्ल्क्स एक मात्र आधिकारिक वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै खुसी र गर्व महसुस गर्दछौं । लिनियर फ्ल्क्सएक यस्तो ब्रान्ड हो जुन सस्तो मूल्यमा सामानको असाधारण गुणस्तरको लागि परिचित छ र हाम्रो देशका नागरिकहरूलाई मूल्य अभिवृद्धि उत्पादनहरू र सेवाहरूको विस्तृत श्रृंखला प्रदान गर्दछ । हामी हाम्रो उपभोक्ताको आवश्यकताहरू पूरा गर्नको साथै , निरन्तर सुधार र हरेक पक्षमा उनीहरूको अनुभव बृद्धि गर्न चाहन्छौं “। आईएमएस समूहका अध्ययक्ष तथा सि इ ओ दिकेश मलहोत्राले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री