मंगलबार, ११ वैशाख २०८१

कामना सेवा विकास बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस. सम्झौता

समयपोष्ट २०७६ पुष २९ गते १९:५२

Advertisement

कामना सेवा विकास बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउसबीच आर.टि.जि.एस. सम्झौता भएको छ ।

मंगलबार भएको सम्झौतसंगै बैंकका ग्राहकहरुले आइ पि एस /कनेक्ट पि एस सुविधा प्राप्त गर्न सक्ने छन् । जसबाट अन्तर बैंक भुक्तानी सुविधामा सहजता आउनेछ ।

यस अघि बैंकले नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागसँग पनि आर.टि.जि.एस. सम्झौता गरि सकेको छ ।

यस बैंकले देशका विभिन्न स्थानमा ११४ वटा शाखा तथा ६० वटा ए टि एम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले ए बि बि एस, एस एम एस बैंकिंग,मोवाईल बैंकिंगलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री