बुधबार, १२ वैशाख २०८१

अन्तत: ब्लक नै गरिदिए उर्वशीलाई ऋषभले

समयपोष्ट २०७६ पुष २८ गते १२:०८

Advertisement

अभिनेत्री उर्वशी रौतेलालाई भारतीय क्रिकेट टिमका विकेट किपर ऋषभ पन्तले ब्लक गरिदिएका छन् ।

उर्वशी लगातार पन्तलाई कन्ट्याक्ट गर्न खोजिरहेकी थिइन् । तर, ऋषभले उनलाई ह्वाट्सयापबाट पनि ब्लक गरिदिएका छन् । यी अभिनेत्रीका पिआर म्यानेजरले पनि यो कुरा पुष्टि गरेका छन् ।

उर्वशी र ऋषभबीच सम्बन्ध रहेको समाचार पनि यसअघि आएका थिए । तर, ऋषभले नयाँ वर्षको दिन इन्स्टाग्राममा आफ्नी गर्लफ्रेन्ड ईशासँगको तस्वीर इन्स्टाग्राममा राखिदिएका छन् ।

उता, उर्वशीका पिआर म्यानेजरले दुवैले एकअर्कालाई ब्लक गर्ने कुरा सहमतिमा नै भएको बताएका छन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री