शनिबार, ८ वैशाख २०८१

सारासँगको प्रेम सम्बन्ध बारे बल्ल कार्तिक आर्यनले खोले मुख

समयपोष्ट २०७६ पुष २७ गते ११:२८

Advertisement

नायक कार्तिक आर्यन र नायिका साराअली खानको प्रेम सम्बन्ध र ब्रेक अपको बारेमा धेरै चर्चा भएतापनि यस बिषयमा उनीहरुले केही बताएका छैन् ।

हालै एक मिडियामा दिएको अन्र्तवार्तामा आर्यनले भनेका छन्–‘जब साराले करण जोहरको शोमा मलाई उनको क्रस बताइन्, यसपछि म उनीसँग पर्दा शेयर गर्न आतुर थिएँ ।’

कार्तिक अगाडि भन्छन्–‘दर्शक हामी दुईलाई एकसाथ पर्दामा हेर्न आतुर हुनुहुन्छ । हामी, दर्शकलाई निराश बनाउने छैनौ ।’

दर्शकले चलचित्र रिलिज अगाडि नै सारा र आफ्नो जोडी बाँधिदिएको भन्दै कार्तिकले खुशी व्यक्त गरे । आर्यनले भने–‘म यो कुराबाट निकै नै खुशी छु र दर्शकलाई निराश बनाउने छैनँ ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री