आइतबार, ६ जेठ २०८१

यी महिला जसको टाउको मानिस र शरीर स्यालको जस्तो छ

समयपोष्ट २०७६ पुष २५ गते १६:३६

Advertisement

पाकिस्तानमा एक महिलाको टाउको मानिस र शरीर स्यालको जस्तो छ । अरुसंग कुरा गर्न सक्ने उनको नाम हो मुमताज । कराँचीको चिडियाघरमा बस्ने यी महिलालाई हेर्न दिनहुँ भिड लाग्ने गर्छ ।

यी महिलाको वास्तविकता रोचक रहेको छ । वास्तवमा कराँची चिडियाखानामा मुमताज एक पात्र हुन् । आधा स्याल र आधा मानिस देखिएको कारण उनीबारे चासो बढेको छ । यस पात्रलाई ३५ वर्ष पहिले मुराद अली भन्ने गर्थे ।

यीनले आफुलाई पिंजडामा लुकाएर १२ घन्टासम्म बस्ने गरेकी छन् । उनलाई मानिसहरुले प्रश्न गर्ने र आफुले जवाफ दिने गरेको बताएका छन् । आफूलाई देखेर मानिसहरु खुशी भई फोटो लिने गरेको जनाएका छन् । केहीलाई वास्तवमा नै यस्तै भएको भान गरिरहेका हुन्छन् ।

मुमताजको यो रोल पहिला उनका पिताले गर्थे । उनको पिताको निधनपछि उनले गरेकी हुन् । दैनिक १२ घन्टासम्म यस्तो पोजमा बसिराख्नुपर्ने चानचुने काम भने होइन । उनको टाउको स्यालको नजिक राख्ने र बाँकी शरीर टेबुल मुनि लुकाएर राखिएको यसलाई हेर्न १० रुपैयाँको टिकट काटेर हेर्न सकिन्छ ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री