आइतबार, ६ जेठ २०८१

‘लाशको फूल’ उपनाम दिइएको यो हो ‘राक्षस फूल’

समयपोष्ट २०७६ पुष २२ गते १२:४६

Advertisement

इन्डोनेसियाका वन्यजन्तु अधिकारीहरुले सबैभन्दा ठूलो र लामो राक्षसी फूल फेला पारेका छन् ।

यसको परजीवि गुण र प्रतिकूल दुर्गन्धका कारण यो फूललाई राक्षस भनिएको हो । पश्चिम सुमात्राको जंगलमा फूलेको राफ्लेसिया बोट झन्डै ४ फिटको छ ।

प्राकृतिक स्रोत तथा संरक्षण केन्द्रका अनुसार पश्चिम सुमात्रामा फुलेको राफ्लेसिया फूल अहिलेसम्मको ठूलो फूल हो ।

सन् २०१७ मा पनि यो स्थानलाई सबैभन्दा ठूलो राक्षसी बोट पाउने स्थानको रुपमा रेर्कड कायम गरिएको थियो। त्यो समयमा राफ्लेसिया ४ इन्चको मात्र थियो ।

Advertisement

यो विरुवाको कुनै पात र हांगा छैन, यो परजीवी हो । फूलको डरलाग्दो मुखले सडेको मासुको जस्तै गन्धको फाल्ने गर्छ । यसलाई ‘लाशको फूल’ उपनाम दिइएको छ । यसको दुर्गन्धले किराहरुलाई आकर्षित गर्छ ।

यसको जीवन छोटो छ । यो फूलको मुख एक हप्तासम्म खुला रहन्छ । र बोट मर्नुअघि नै फूल मर्छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री