जनक शर्मा पौड्यालले सम्हाले सनराइज बैंकको नेतृत्व
समयपोष्ट
२०७६ साउन ९ गते १९:१०
सनराइज बैंक व्यवस्थापनको नेतृत्व जनक शर्मा पौड्यालले विहिबारदेखि सम्हालेका छन्। बैंक अध्यक्ष मोतिलाल दुगडले उनलाई स्वागत गरेका थिए।
बैंकको असार २७ गतेको संचालक समिति बैठकले पौड्याललाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो।
३० बर्षे बैंकिङ क्षेत्रमा बिताएका पौड्यालले नबिल बैंकबाट करियर सुरु गरेका हुन्। उनले सन् १९८७ मा इन्ट्रि लेभलबाट करियर सुरु गरेका हुन्। नबिलमा ११ बर्ष काम गरेपछि उनी एनआइसी बैंक (अहिलेको एनआइसी एसिया) गएका थिए।
एनआइसी स्थापनामा सक्रिय भूमिका खेलेका पौडेलले त्यहाँ पाँच बर्ष काम गरेपछि लक्ष्मी बैक स्थापनाको प्रकृया थाल्न त्यता गए। लक्ष्मी बैंकमा एक बर्ष काम गरेपछि पौड्याल अध्ययनका लागि लण्डन गए। लण्डनमा अध्ययनसँगै त्यहाँको बैंकमा पनि काम गरेको अनुभव पौडेलसँग छ। उनले त्यहाँ साढे चार बर्ष काम गरेका थिए।
प्रतिक्रिया