बिलिङ मेसिन नजोड्ने ट्याक्सीमाथि ट्राफिक प्रहरीले कारवाही थाल्यो,एक सय ट्याक्सी नियन्त्रणमा
प्रहरीले बिलिङ मेसिन नजोड्ने ट्याक्सी चालकलाई नियन्त्रणमा लिन थालेको छ । ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ मेसिन जोड्न अटेर गर्ने १ सय ट्याक्सीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आइतवार नियन्त्रणा लिएको हो ।
नापतौल विभागले साउनको पहिलो सातसम्ममा सबै ट्याक्सीको मिटरमा कम्प्युटराज्ड बिल प्रिन्टर जोडिसक्ने गरी तालिका सार्वजनिक गरे पनि ट्याक्सी चालकहरुले हालसम्म मेशिन जोड्न तत्परता देखाएका छैनन् ।
ट्याक्सीमा कम्प्युटराइज्ड बिलिङ सिस्टम जोडिएपछि यात्रुले पि्रन्टेड बिल प्राप्त गर्छन् । जसमा यात्रुले तिर्नुपर्ने शुल्क र यात्रा गरेको दूरीसहित विभिन्न विवरणहरु उल्लेख गरिएका हुन्छन् । जसले गर्दा यात्रुहरु ठगिने क्रम रोकिने छ ।
झण्डै ३५ सय ट्याक्सीले हालसम्म प्रिन्टर सिस्टम जडान गरेका छैनन् । जडान गरेका ट्याक्सिले पनि मेसिन प्रयोगमा नल्याएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया