नेपाल ग्रामीण विकास बैंकले प्रतिशेयर मूल्य १०० रुपैयाँमा एफपिओ जारी गर्ने
समयपोष्ट
२०७४ साउन २३ गते १०:११
नेपाल ग्रामीण विकास बैंकले थप साधारण सेयर (एफपिओ) जारी गर्ने भएको छ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट नौ लाख ७५ हजार कित्ता एफपिओ जारी गर्ने अनुमति पाएको हो ।
बैंकले १०० रुपैयाँ अंकित मूल्यमा एफपिओ बिक्री गर्नेछ ।
हाल बैंकको पूँजी ५५ करोड ७५ लाख रुपैँया रहेको छ । एफपिओ जारी भएपछि बैंकको चुक्तापूँजी ९ करोड ७५ लाख रुपैयाँ थपिनेछ ।
प्रतिक्रिया