जनसेवी लघुवित्तको शेयर बाँडफाँट
समयपोष्ट
२०७६ जेठ ६ गते १८:५९
जनसेवी लघुवित्त वित्तीय संस्थाको साधारण शेयर बाँडफाँट भएको छ। सोमबार बिक्री प्रबन्धक एनएबि क्यापिटलमा धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका बमोजिम बाँडफाँट भएको हो ।
लघुवित्तमा आवेदन गरेका कूल ३ लाख ३४ हजार ८७४ जना आवेदकमध्ये १२.९३ प्रतिशत अर्थात ४३ हजार २९९ जनाले गोलाप्रथाबाट १० कित्ताका दरले शेयर पाएका छन्।
। बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार ३ लाख ३४ हजार १९७ वटा आवेदनबाट परेको ६० लाख ६६ हजार ५८० कित्ता आवेदन सदर भएको थियो भने ६७७ वटा आवेदन रद्ध भएको थियो ।
कम्पनीले बैशाख २७ देखि ३१ गतेसम्म सर्वसाधारणमा निष्काशन गरेको ४ लाख ३२ हजार ९९० कित्ता आइपिओमा १४.०४ गुणा बढी आवेदन परेको थियो।
प्रतिक्रिया