मंगलबार, १८ वैशाख २०८१

मौद्रिक नीति आज सार्वजनिक हुँदै

समयपोष्ट २०७४ असार २५ गते ६:०२

नेपाल राष्ट्र बैंकले आर्थिक २०७४/२०७५ का लागि नयाँ मौद्रिक नीति आइतबार सार्वजनिक गर्ने भएको छ । बैंकले आज दिउँसो १ बजे एक कार्यक्रमका विच मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

शनिबार साँझ बसेको राष्ट्र बैंक सञ्चालक समिति बैठकले मौद्रिक नीति सार्वजनिक गर्ने निर्णय गरेको थियो । 

सरकारले प्रस्तुत गरेको नयाँ बजेटले गरेको मार्ग निर्देशनमा आधारित रहि बित्तीय क्षेत्रका कार्यक्रमलाई कार्यान्वयन गर्न हरेक बर्ष मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले योजना प्रस्तुत गरी कार्यान्वयनमा लैजाने गर्दछ ।

यस पटकको मौद्रिक नीतिले बित्तीय क्षेत्रमा लगानीयोग्य रकम बढाउने उपाय र उत्पादनमुलक क्षेत्रतर्फ बित्तीय स्रोत परिचालनमा जोड दिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री