संसदीय सुनुवाइ समितिद्धारा सर्वोच्चका तीन न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित तीन जना न्यायाधीश र एक जना न्याय परिषद् सदस्यको नाम अनुमोदन गरेको छ। सोमबार बिहान बसेको समितिको बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालतका मुख्य न्यायाधीश शान्तिसिंह थापा र श्रीकान्त पौडेललाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा अनुमोदन गरेको हो। साथै, न्याय परिषद् सदस्यका लागि सिफारिस महेशकुमार नेपालको नाम पनि अनुमोदन गरिएको समितिका सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन्।
सभापति न्यौपानेले अनुमोदन प्रक्रिया सम्पन्न भएको र आगामी दिनमा न्यायाधीश सिफारिस गर्दा समावेशिताको सिद्धान्तलाई ध्यान दिन कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरासियालाई आग्रह गरिएको बताइन्।
अनुमोदन भएका मेघराज पोखरेल वरिष्ठ अधिवक्ता हुन् भने शान्तिसिंह थापा उच्च अदालत दिपायल र श्रीकान्त पौडेल उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश हुन्।
प्रतिक्रिया