बिहीबार, ८ साउन २०८२

एनआईसी एशिया बैंकले ल्यायो १५ नयाँ चमत्कारिक बचत निक्षेप योजना

समयपोष्ट २०७५ चैत २० गते १८:३७

एनआईसी एशिया बैंकले २१ वर्ष पुरा गरि २२ औं वर्षमा प्रवेश गर्न लागेको अवसरमा १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकले सर्वाधिक उच्च ब्याजदरको अलवा २२ वटा चमत्कारीक विशेषताहरु रहेको बिभिन्न १५ नयाँ बचत निक्षेप योजनाहरु सार्वजनिक गरेको हो ।

सवै तह र तप्काका ग्राहकहरुलाई उपयुक्त ‘चमत्कारिक बचत खाता, चमत्कारिक नारी बचत खाता, चमत्कारिक जेष्ठ नागरिक बचत खाता, चमत्कारिक बाबुनानी बचत खाता, चमत्कारिक बिद्यार्थी बचत खाता, चमत्कारिक स्वरोजगार बचत खाता तथा कर्मचारीहरुलाई केन्द्रित गरि ल्याईएको चमत्कारिक तलब बचत खाता आम जनमानसको बचत गर्ने बानीलाई अभिबृद्दि गर्ने बिश्वास बैंकले लिएको छ ।

उल्लेखित निक्षेप योजनाहरुमा ग्राहकहरुले १५ लाख सम्मको दुर्घटना बिमा र१५ लाख सम्मको १८ घातक रोगहरुको बिमा तथा १ लाख ५० हजार सम्मको औषधी उपचार बिमा सुविधा समेत प्राप्त गर्न सक्नेछन् ।

साथै कर्जामा समेत विशेष छुट र सहुलियत प्रदान गर्ने गरी ल्याइएको उक्त योजनाहरुमा २२ चमत्कारिक फाइदाहरु सहित ल्याइएको योजनाले उपरोक्त उल्लेखित सबै क्षेत्र, भेग, तह र तप्काले फाइदा पुग्ने बिश्वास बैंकले लिएको छ ।

यो चमत्कारिक बचत निक्षेप खाताहरु बैंकको मुलुकभरी रहेको आफ्ना २८१ वटै शाखा कार्यालयहरु, अनलाइनबाटै सहज रुपमा खोल्न सकिने बैंकले जनाएको छ ।

बैंकले सार्वजनिक गरेको निक्षेप योजनाहरुमा अन्य अतिरिक्त योजनाहरु पनि छन् । जसमा नेपालमै पहिलो पटक स्वाईप इन–स्वाईप आउटको सुविधाबाट बचत खातामा मुद्दती खाताकै सुविधाहरु पाईने छन ।

देशैभरी रहेका कुनैपनि बैंकको कुनै पनि एटीएमबाट रकम निकाल्दा शुल्क नलाग्ने फाइदा लगायत चमत्कारिक फाइदाहरु समेत प्रदान गरिने गरी चमत्कारिक वचत खाताहरुको योजना ल्याइएको बैंकले जनाएको छ ।

चमत्कारिक बचत योजना अन्र्तगत सुन तथा चाँदीका सिक्काहरु प्रदान गर्ने योजनाकासाथ चमत्कारिक नारी वचत योजना, घरमै बैंकिङ्ग सुविधा प्रदान गर्न सक्ने थप सुविधा तथा छुट्टै कर्मचारी संयन्त्र सहितको चमत्कारिक जेष्ठ नागरिक बचत योजना तथा थप चमत्कारिक सुविधाका साथ चमत्कारिक बाबुनानी बचत योजना सार्वजनिक गरेको छ ।

त्यसैगरी, चमत्कारिक बिद्यार्थी बचत योजना र आम कर्मचारी वर्गलाई सहुलियत दरमा कर्जा प्रदान गर्ने, अग्रिम तलब प्रदान गर्ने क्रेडिट कार्डको सुविधा प्रदान गर्ने चमत्कारीक फाइदाहरुको साथ चमत्कारिक तलब बचत योजनाहरु पनि बैंकले सार्वजनिक गरेको छ ।

मुलुकभर २८१ शखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । करिब १५ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् ।

साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री