मंगलबार, २५ वैशाख २०८१

महालक्ष्मी लाईफले १ महिना भित्रै सम्पन्न गर्यो ३५ जिल्लामा तालिम तथा अन्तरक्रिया

समयपोष्ट २०७५ चैत ३ गते १०:००

Advertisement

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले कारोवार सञ्चालनको १ महिना भित्र ३५ जिल्लामा बीमा जागरण, अन्तरक्रिया तथा तालिम सञ्चालन गर्न सफल भएको छ ।

२०७५ माघ २७ गतेबाट कारोवार सञ्चालन गरेको नेपालको १९ औं जीवन बीमा कम्पनीले सातै प्रदेशका ३५ जिल्लामा ७५ वटा कार्यक्रम सञ्चालन गरेको हो ।

प्रदेश १ को ४ वटा जिल्ला, प्रदेश २ को ७ वटा जिल्ला, प्रदेश ३ को १० वटा जिल्ला, प्रदेश ४ को ५ वटा जिल्ला, प्रदेश ५ को ५ वटा जिल्ला, प्रदेश ६ को २ वटा जिल्ला र प्रदेश ७ को २ वटा जिल्लामा अभिकर्ता तालिम तथा बीमा जागरण कार्यक्रम सञ्चालन भएको छ ।

जीवन बीमा व्यवसायको लागि अभिकर्ता नियुक्ति अनिवार्य भएको तथा कम्पनीको बीमा योजना सम्बन्धी जानकारी, कम्पनीको रणनीति र कार्यक्रम आम जनता समज्ञ पु¥याउन आवश्यक भएकोले पनि तालिम र जनजागरण अभियान सञ्चालन गरिएको कम्पनीले जनाएको छ ।

Advertisement

कम्पनिका अनुसार एक महिनाको कार्यक्रममा हाल सम्म ६ हजार ३ सय भन्दा बढी व्यक्तिले सहभागिता जनाएका छन् । कम्पनीले २०७५ चैत्र मसान्तसम्म देशभर अभिकर्ता तालिम र बीमा जागरण अभियानलाई निरन्तरता दिने र त्यस पछि बीमा व्यवसाय प्रभावकारी रुपमा सञ्चालन गर्ने कार्यक्रम बनाएको छ ।

‘कम्पनीले बीमा समितिबाट स्वीकृति लिएको सातै प्रदेशको १३ वटा शाखा तथा उपशाखा तथा उपत्यका भित्रको १० वटा शाखा आउँदो चैत्र मसान्तभित्र सञ्चालन गरिसक्ने तयारी गरेका छौं ।’ कम्पनिका प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले भने ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री