सेन्ट्रल फाइनान्सको ५० प्रतिशत हकप्रद स्थगित
समयपोष्ट
२०७४ असार ५ गते ५:१५
सेन्ट्रल फाइनान्सको असार २ गतेको विशेष साधारणसभाले ५० प्रतिशत हकप्रद विक्री गर्ने प्रस्ताब स्थगित गर्ने निर्णय गरेको छ । विशेष सभारणसभाले उपयुक्त अन्य बैंक तथा वित्तिय संस्थासँग मर्जर वा एक्वीजशन गर्ने प्रस्तावलाई जोड दिँदै हकप्रद जारी गर्ने प्रस्ताब स्थगित गर्ने निर्णय गरेको हो ।
नेपाल धितोपत्र बोर्डले संगठित संस्थाले साधारणसभाबाट हकप्रद सेयर निष्काशनको निर्णय गरे सो निर्णय अनिवार्य कार्यान्वयन गर्नुपर्ने व्यवस्था हालै लागू गरेको धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका २०७४ मा उल्लेख छ ।
भक्तपुर फाइनान्सलाई गाभेर गत चैत १० गतेदेखि एकीकृत कारोबार पनि सुरु गरेको सेन्ट्रल फाइनान्सको चुक्ता पूँजी ५२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
प्रतिक्रिया