सेयर बजार बढ्यो
समयपोष्ट
२०७५ फागुन २२ गते १५:३१
बुधबार सेयर बजार बढेको छ । आज नेप्से परिसुचक ९.१२ अंकले बढेर ११११.७६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १ सय ६९ कम्पनीका ८ लाख कित्ता सेयर २२ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ ।
आज सबैभन्दा बढी सेयर नेपाल क्रेडिट एण्ड कमर्स बैंकको कारोबार भएको छ ।
आज उपसुचकहरु सबै हरिया भएका छन् । आज बाणिज्य बैंक समुह उपसुचक ७.२३,होटल २५.४४,विकास बैंक १०.८२,जलविद्युत ५.९,फाइनान्स ४.३६,र्निजिवन बीमा ६७.५६,उत्पादनमुलक समुह ३.९६,अन्य ०.५३,लघुवित्त १९.५ र जीवन बीमा समुह ९६.१४ अंकले बढेका छन् ।
प्रतिक्रिया