आइतबार, ४ साउन २०८२

सेयर बजार ७.९४ अंकले घट्यो

समयपोष्ट २०७४ जेठ २५ गते १०:२२

साताको अन्तिम दिन सेयर बजार ७.९४ अंकको गिरावटसँगै १६१५.१९ अंकमा कायम भएको छ । कारोबार भएका सबै समूह घटेका छन् ।

बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, उत्पादनमूलक र अन्य समूह क्रमशः ७.४१, ४०.४६, ०.८७, ३.५४, ७.७२, ३९.८, १७.६३ र ६.६५ अंकले घटेका छन् । 

परिसूचकसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट आएको छ । दिनभरिमा १४९ वटा कम्पनीको आठ लाख चार हजार नौ सय ३९ कित्ता सेयर पाँच हजार चार सय ४३ पटक खरिदविक्री हुँदा ४८ करोड ९७ लाख एक हजार पाँच सय ४४ रुपैयाँको कारोबार भएको छ । 

स्टान्डर्ड चार्टर्ड बैंकको सबैभन्दा धेरै तीन करोड ६६ लाख ६३ हजार रुपैयाँको कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको दुई करोड ८३ लाख रुपैयाँको कारोबार भएको छ । एभरेष्ट बैंक, नेरुडे लघुवित्त, सिद्धार्थ बैंक, प्राइम बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, प्रभु बैंक, युनाइटेड मोदी हाइड्रो र नविल बैंक प्रोमोटरको एक करोडमाथिको सेयर कारोबार भएको छ । 

आज सबै भन्दा बढी करिब  १० प्रतिशत आरएसडीसी लघुवित्त र वर्ल्ड मर्चेन्ट फाइनान्सका शेयरधनीले कमाए। प्रोग्रेसिभ फाइनान्सका शेयरधनीले सबैभन्दा बढी करिब ६ प्रतिशत गुमाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री