मंगलबार, ६ साउन २०८२

कान्तिपथ र गठ्ठाघरमा सानिमा बैंकको नयाँ शाखा विस्तार

समयपोष्ट २०७५ माघ २३ गते १३:५५

सानिमा बैंक लिमिटेडले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा नयाँ शाखा विस्तार गरेको छ । नयाँ शाखाको बैंकका अध्यक्ष विनय कुमार श्रेष्ठ तथा ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) द्वारा संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले ग्राहकको सेवा तथा सुविधाका लागि सानिमा बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।

त्यसै गरी बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गर्दै कान्तिपथ र गठ्ठाघर शाखाहरुबाट पनि ग्राहकहरुलाई गुणस्तरीय सेवा पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा मह जोडीले सानिमा बैंक संचालनमा आएकोमा कान्तिपथ र गठ्ठाघरवासीहरुलाई बधाईका साथै बैंकलाई समेत बधाई ज्ञापन गर्दै सानिमाको सफलता तथा सबल अनि विश्वसनीय बंैकको रुपमा निरन्तर विस्तार हुन शुभकामना व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री