सेयर बजारमा सामान्य सुधार
समयपोष्ट
२०७५ माघ २२ गते १५:४६
सेयर बजारमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से परिसुचक २.८३ अंकले बढेर ११४७ .१० विन्दुमा पुगेको छ ।
आज सेयर बजारमा १ सय ६३ कम्पनीका ७ लाख कित्ता सेयर २३ करोड रुपैयाँ बराबरमा किनबेच भएको छ । आज सबैभन्दा बढी माथिल्लो तामाकोशीको सेयर किनबेच भएको छ ।
आज फाइनान्स समुह उपसुचक र उत्पादनमुलक समुह उपसुचक घटेका छन् भने अन्य सबै समुह उपसुचकहरु बढेका छन् । आज फाइनान्स समुह ०.९२ अंकले र उत्पादनमुलक समुह १९.६२ अंकले घटेका छन् ।
यसैगरी आज बाणिज्य बैंक समुह २.३८,होटल १.३१,विकास बैंक ५.३,जलविद्युत ६.८,निर्जिवन बिमा १२.४३,अन्य २.९६,लघुवित्त ६.७३ र जीवन बिमा समुह उपसुचक ४.७४ अंकले बढेका छन् ।
प्रतिक्रिया