सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीलाई मेडिसिटी अस्पतालमा विशेष छुट
समयपोष्ट
२०७५ माघ २२ गते १५:२२
सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल मेडिसिटी अस्पतालबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरे । सम्झौता अनुसार अब सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारी तथा बैंकको भिसा डेविट कार्ड प्रयोगकर्ताहरुले नेपाल मेडिसिटीले प्रदान गर्ने स्वास्थ्य सेवाहरुमा विशेष छुट पाउने छन् ।
सम्झौतामा बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गरिने भएको छ ।
प्रतिक्रिया