सोमबार, ५ साउन २०८२

प्रभु बैंकले आठ प्रतिशत लाभांश दिने

समयपोष्ट २०७५ माघ २० गते १३:४२

प्रभु बैंकले चुक्ता पूँजीको आठ प्रतिशत शेयर लाभांश दिने भएको छ । यसअघि बैंकले पाँच प्रतिशत शेयर लाभांश र पाँच प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । नेपाल राष्ट्र बैंकले स्वीकृति नदिएपछि बैंकले नयाँ लाभांश प्रस्ताव गरेको हो ।

नयाँ प्रस्तावअनुसार बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६५ करोड ८७ लाख १५ हजार ८८२ तथा त्यसमा लाग्ने करवापत रु रु तीन करोड ४६ लाख ६९ हजार २५७ नगद लाभांश वितरण गर्नेछ ।

गत पुस २२ गते प्रस्ताव गरिएको शेयर र नगद लाभांशमा भने केन्द्रीय बैंकले सुधार गरेर ल्याउन निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार प्रभु बैंकले संशोधित प्रस्ताव सार्वजनिक गरेको छ । उक्त प्रस्तावलाई राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाको निर्णयपश्चात् वितरण गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री