सिटिजन्स बैंकको नाफा ७७ करोड
सिटिजन्स बैंकको चालु आर्थिक चालू आर्थिक वर्षको दोस्रो त्रैमास अवधिमा खुद नाफा २२.५५ प्रतिशतले बढेको छ । बैंकले पुससम्ममा ७७ करोड ३ लाख रुपैयाँ नाफा गरेको छ। बैंकले ६ महिनाको अवधिमा ५३.२९ प्रतिशतले खुद व्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४९ करोड रुपैयाँ आर्जन गरेको छ। निक्षेप संकलन ११.३९ प्रतिशतले बढाउँदा ऋण लगानी १५.५० प्रतिशतले बढाएको छ।
बैंकले ६ महिनाको अवधिमा ६५ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब ४७ करोड रुपैयाँ ऋण लगानी गरेको छ। एफपिओ निष्काशन र बोनस शेयरबाट ३.०१ प्रतिशतले पूँजी बृद्धि गर्दा जगेडा कोषमा भने ६८.८८ प्रतिशतले बढाएको छ। बैंकको जगेडा कोषमा तीन अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ।
पूँजीकोष अनुपात १.४६ प्रतिशत विन्दुले घटेर १३.५८ प्रतिशतमा झरेको छ। खराव कर्जा ०.३२ प्रतिशतले सुधार हुँदा अझै १.६२ प्रतिशत बाँकी छ। आधार व्याज दर ०.२३ प्रतिशत विन्दुले घटेर १०.७९ मा झारेको छ। प्रति शेयर आम्दानी २.७६ रुपैयाँ बढेर १८.४२ रुपैयाँ छ।
प्रतिक्रिया