मंगलबार, १८ वैशाख २०८१

मैलुङ खोला जलविद्युतको आर्इपिओ खुल्यो,जेठ ३१आवेदन दिने अन्तिम मिति

समयपोष्ट २०७४ जेठ १७ गते ६:३१

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आजबाट साधारण सेयर खुल्ला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा (रसुवा) का लागि एक सय रुपैयाँ अंकित मूल्यमा तीन लाख ६८ हजार १४३ कित्ता साधारण सेयर खुल्ला गरेको हो । कम्पनीको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Advertisement

मैलुङ खोला जलविद्युत कम्पनीको निश्कासित सेयर मध्ये  एक लाख ८४ हजार ७२ कित्ता आयोजनाबाट अति प्रभावित हुने क्षेत्र तीन गाविस हाकु, डाँडागाउँ र राम्चे गाविसका लागि बासीन्दाका लागि हो भने बाँकी रसुवा जिल्लाका अन्य गाविसका वासिन्दाहरुको लागि  हो ।

रसुवाबासीले कम्पनीको आईपीओमा न्युनतम ५० कित्तादेखि अधिकतम एक हजार आठ सय ४० कित्तासम्मको लागि जेठ १७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

आईपीओमा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटलका साथै जनता बैंक लिमिटेड धुन्चे, प्रभु बैंक स्याप्रुबेसी, आईसीएफसी फाईनान्स कालिकास्थान, हिमालयन बैंक बेत्रावति, र मैलुङ खोला जलविद्युत कम्पनी डाँडागाउँबाट आवेदन बुझाउन सकिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री