नेपाली सेनाको विमान खेतमा खस्यो
समयपोष्ट
२०७४ जेठ १६ गते ७:५१
सुर्खेतबाट सिमिकोटको लागि उडेको नेपाली सेनाको विमान दुर्घटना भएको छ । सेनाको एन ए जिरो फोर एट नम्बरको (स्काइ ट्रक) विमान बाजुराको कोल्टि विमानस्थलमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुर्घटना भएको हो । विमानमा रहेका दुर्इ जनाको जीवितै उद्दार गरिएको छ ।
अवतरणको क्रममा धावनमार्गबाट चिप्लिएर धान खेतमा पुगेपछि विमानमा आगो लागेको थियो । विमानस्थल नजिकै रहेको नेपाली सेनाको टोली र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
प्रतिक्रिया