सानिमाको ‘स्पेशल स्यालरी एकाउन्ट’योजना,शून्य मौज्दातमा साढे ६ प्रतिशत व्याजदर
समयपोष्ट
२०७४ जेठ ११ गते ६:२९
सानिमा बैंकले ‘स्पेशल स्यालरी एकाउन्ट’ योजना ल्याएको छ । यस योजनामा बैंकले शून्य मौज्दातमा साढे ६ प्रतिशत व्याजदर दिने बैंकले जनाएको छ । बैंकका अनुसार यस योजनाको व्याज भुक्तानी भने प्रत्येक त्रैमासमा हुनेछ ।
यसैगरी बैंकले सम्पन्न वचत खातामा ८ प्रतिशत व्याज दिने जानकारी दिएको छ । जसमा न्यूनतम मौज्दात १ लाख रुपैयाँ तोकिएको छ । बैंकले यो दर बजारको अवस्था अनुसार परिवर्तन हुन सक्ने प्रष्ट पारेको छ ।
प्रतिक्रिया