‘समर लभ’मा आधारित चलचित्र निमार्ण हुँने
समयपोष्ट
२०७३ चैत ७ गते ८:०८
चर्चित युवा लेखक सुविन भट्टराईको चर्चित पुस्तक 'समर लभ' मा फिल्म बन्ने भएको छ । निमार्ण पक्षले आइतबार पत्रकार सम्मेलन गरी फिल्मको बारेमा जानकारी गराएका हुन् । फिल्ममा ‘अतित’को भूमिकामा मोडल आशिष पिया र ‘साया’को भूमिकामा रेवती क्षेत्रीले काम गर्ने भएकी छिन् ।
मुस्कान ढकालको निर्देशन रहने फिल्मका लागि छनौट भएकी रेवतीले थुप्रै सौन्दर्य प्रतियोगीता जितिसकेकी छिन् । सन् २०१६ की मिस यूनिभर्सिटी रेवती मिस इन्टरनेसनल भारतकी उपाधी विजेता समेत हुन् । उनले सन् २०१५ को ‘फेमिना मिस इन्डिया’को टप टेनमा पुगेर २ वटा टाइटल जितिसकेकी छिन् ।
उनले ‘ग्याङ्स अफ नर्थवेष्ट’ नामक भारतीय चलचित्रमा काम गरिसकेकी छिन् भने ‘खातुन’ नामक चलचित्रमा काम गर्दैछिन् ।
प्रतिक्रिया